Author: Migworks Nepal

19Sep23    (क) नेपाल १. काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा धमाधम द्रुत बस सेवाका लागि रेड मार्क गरी ‘डेडिकेटेड लेन’ बनाउने क्रममा अहिले रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको  छ । संविधान दिवसको अवसर पारी शुरूवात २ वटा बसबाट गरिने भएता पनि छिटै नै यो रूटमा २५ वटा बसहरू चल्नेभएकाछन र यसमा ट्राफिक प्रहरीले समेत यी मार्गमा द्रुत बसहरू र अन्य यातायातलाइ पनि सहजिकरण गर्न खटिनेभएको खबर हबले जनाएको छ ।   (ख) साउदी अरब २. साउदी अरबमा कामदारहरूले आंफूले पाउनुपर्ने तलब नपाएको, बिरामी या दुर्घटनामा पर्दा उपचार सुविधान नपाएको, करार बिपरित काम लगाएको, बिना कारण रोजगारबाट…

Read More

18Sep23    (क) नेपाल १. संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका NRNA का लाइन मिनिस्टर मानिने नेपालका परराष्ट्र मन्त्री एन पी साउदले गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र मजबुत संस्थाले मात्र बाहिर बसेका नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न एनआरएनहरूलाइ अनुरोध गरेकाछन । साथै हाल पासपोर्ट र भिषा उपलब्ध गराउन देखिएका केही कठिनाइ र असुविधा निराकरण गर्न यी सेवालाइ आउटसोर्सिङ गरिने भएको समेत खुलासा गरेका छन । (ख) साउदी अरब २. साउदी अरबमा सञ्चालित स्मार्ट ट्याक्सिहरूले आंफूले एक्सेप्ट गरिसकेको ट्रिपलाइ ड्राइभरले नै क्यान्सिल गरेमा ४०० रियालसम्म जरिमाना तिर्नुपर्ने भएको…

Read More

17Sep23 (क) नेपाल १. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । आज आयोजित एक समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् । (ख) साउदी अरब २. रियाधमा साउदी प्रहरीले एक साउदी र एक यमनीलाइ बिच सडकमा फोटो खिच्नका लागि कार रोकेको अपराधमा पक्राउ गरी जेल हालेका छन । अरूलाइ असुविधा र असुरक्षा हुनेगरी…

Read More

16Sep23   (क) नेपाल १. विगत ७ वर्षदेखि घरेलु श्रममा विदेश पठाउन रोकिएको कार्यलाई सरकारले ‘पाइलट’ परीक्षणका रूपमा खुलाउने विषयमा सहमति भएको गोरखापत्रले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा यही साता उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव, श्रमसचिव र विभिन्न १२ देशका राजदूतसँगको छलफलमा सो विषयमा सहमति भएको हो । सरकारले अहिले रू. २५ लाख अलग्गै धरौटी लिएर म्यानपावर एजेन्सीहरूलाइ जोर्डन र साइप्रस पठाउन स्विकृति दिंदै आएको छ भने इज्राइलमा सरकार आंफैले नै पठाइरहेको छ । मलेशिया र खाडी राष्ट्रहरूमध्य दुइ पक्षिय श्रम सम्झौता गरेर महिला कामदारहरूको सुरक्षा सुनिश्चित गरेर मात्रै पठाउने सोंचमा सरकार…

Read More

15Sep23 (क) नेपाल १. पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ,” उहाँले भन्नुभयो ।   (ख) साउदी अरब २. साउदी अरबले मक्कामा उम्राह गर्न आउने…

Read More

14Sep23     (क) नेपाल १. काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेकाछन । स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख साहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ । साथै भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख साहले फोहरको बर्गिकरण गर्दै ब्यवस्थापन र राम्रो विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण लगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।   (ख) साउदी अरब २. नेपाली महाबाणिज्यदूतावास…

Read More

13Sep23 (क) नेपाल १. नेपाल सरकारले सार्वजनिक जिज्ञासा, गुनासा आदि सुन्नका लागि सञ्चालनमा ल्याएको “हेल्लो सरकार” अब ३ सिफ्टमा गरी २४ घण्टा नै सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुस्प कमल दहालले यो केन्द्रको निरिक्षण गरी १२ बर्ष अघिदेखि सञ्चालित यो सेवालाइ २४ घण्टा नै उपलब्ध गराउने ब्यवस्था मिलाएका हुन । ३ जना उपसचिव सहित २५ जना कर्मचारीहरू यो सेवामा खटिने भएका छन, जसले प्राप्त जन जिज्ञासा र गुनासाहरूलाइ सम्बन्धित निकायहरूसम्म पुराएर समाधानको पहल गरी सो को जानकारी समेत सम्बन्धित ब्यक्तिलाइ दिने ब्यवस्था मिलाउनेछन । हेल्लो सरकारमा देहायका कुनै पनि माध्यमबाट पहुंच राख्न सकिन्छः कक्षमा गनुासो गनन ससकनेसवद्यतुीय वा टेनलफोनका…

Read More

11Sep23 श्रमिक सूचना र सन्देश – १२३२ —————————————- (क) नेपाल १. प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ ।’’ सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल…

Read More