11Sep23
श्रमिक सूचना र सन्देश – १२३२
—————————————-
(क) नेपाल
१. प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ ।’’ सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतले सम्बोधन गर्नुभएको थियो ।
(ख) साउदी अरब
२. साउदी अरब आवत जावत गर्न बंगलादेशीहरूले अचेल काठमाडौ एअरपोर्टलाइ ट्राञ्जिट बनाउन थालेकाछन । हिमालय एअरलाइन्सका ढाका र साउदी अरबको दमामका उडानहरूको सदुपयोग गर्दै उनिहरूको रोजाइमा यो रूट पर्न थालेको छ । ट्राञ्जिट अवधि पनि ठिक्कको परेको छ, ढाकाबाट बेलुका ५.४० बजे काठमाडौ उत्रेर त्यहि दिन राती १०.०५ बजे हिमालयको उडानबाट उनिहरू दमामका लागि उड्न पाएका छन ।
(ग) मध्यपुर्ब
३. कुवेतमा आप्रबासीहरूको हेल्थ इन्सुरेन्सको प्रिमियम हालको बार्षिक प्रति ब्यक्ति १३० कुवेती दिनार बाट बढाएर १५० दिनार बनाइएको छ । बिगतमा दशौं बर्षसम्म नबढाएर स्थिर राखिएको बिमा शुल्क अब भने हरेक २ बर्षमा बढाउंदै १० बर्ष पछि १९० दिनार हुने भएको गल्फ न्युजले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
4. Powered by Commercial Bank’s payment acceptance solution, Lulu MEA opened first-of-its-kind cashier-less checkout service at Hamad International Airport Metro Station’s Lulu Express in Qatar.
The store is the first in Qatar and second in the region to have tested its unique solution. Customers can tap their credit cards to access the store with a refundable QR1. Each item picked by the individual is automatically added to the digital shopping cart, and the purchase is completed when the customer leaves the store.
With these convenient check-out services offered, customers will be free from queues, cashiers, and waiting time at the counter.
As this significant milestone is placed into effect, the officials highlighted that similar services can be expected across the country in the foreseeable future.