14Sep23
(क) नेपाल
१. काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेकाछन ।
स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख साहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।
साथै भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख साहले फोहरको बर्गिकरण गर्दै ब्यवस्थापन र राम्रो विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण लगायत सरल प्रतिबद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।
(ख) साउदी अरब
२. नेपाली महाबाणिज्यदूतावास जेद्धाले पनि पीडित नेपाली कामदारहरूलाइ सहजिकरण गरेर उनिहरूका लागि एक्जिट भिषा निकालिदिनु नै “उद्धार” हो भन्दै त्यस्ता २२ जनाको सूची सार्वजनिक गर्दै यो सूचना निकालेको छः
१. सूची बमोजिमका महानुभावहरुको एक्जिट भिसा प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कनुहुन अनुरोध गरिन्छ ।
२. तपाईँको मोबाइलमा म्यासेज आएको छैन वा तपाईँको हालको राहदानी वा ट्राभल डकुमेन्ट जवाजत (अध्यागमन) मा अपडेट छैन भने यसै सूचीसाथ संलग्न कागजात एयरपोर्ट जवाजतमा देखाउनुहुन अनुरोध गरिन्छ ।
३. एक्जिट भिसा प्रोसेसिङ निशुल्क हुनेहुँदा यसवापत एक हलाला पनि कहिँ कतै बुझाउनु पर्दैन । तर नेपाल फर्किने हवाई टिकटको प्रबन्ध व्यक्ति स्वयंले गर्नुपर्नेछ ।
(ग) मध्यपुर्ब
३. कतारको अपराध अनुसन्धान बिभाग (CID) का अधिकारीहरूले भिखारी बनेर ठूलै धनराशी संकलन गरेका एक एशियन आप्रबासीलाइ उनको पासपोर्ट र नगद जफत गर्दै पक्राउ गरेर कानुनी कार्बाहीका लागि प्रकृयामा लगेकाछन । CID ले यो पक्राउ प्रकरणको भिडियो समेत जारी गरेकाछन ।
The Ministry of Interior (MoI) arrested an individual involved in exploiting people for begging in exchange for monetary gains.#Qatar https://t.co/6tD5ZI2OiV pic.twitter.com/zrruAqyxjy
— The Peninsula Qatar (@PeninsulaQatar) September 14, 2023
घ) अन्तराष्ट्रिय (International)
- A customs officer said that two kilos of gold dust worth more than 10 million rupees was seized at the Mumbai airport from an Indian family who had come from Singapore.
According to the Mumbai Customs Officer, gold dust worth Rs 1 crore, five lakh and 27 thousand rupees, hidden by the couple in their underwear and in the diaper of their three-year-old child, was recovered. The recovered gold dust is of 24 carats. Today (Thursday) afternoon they were taken into custody and investigation has been started.