29Nov23
(क) नेपाल
१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान नै संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गर्ने भएको छ । यसरी चालु संघिय संदबाट बहालवाला रास्वपाका सांसदरू स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की, असिम शाह केन्द्रिय समितिमा रहनेछन । रास्वपाले अर्थविद् समेत रहेका डा. वाग्लेलाई उपसभापति बनाएको छ । उनी पार्टी वरियतामा तेस्रो रहनेछन् । कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य सहमहामन्त्री बनेका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाई मनोनित भएका छन् ।
संसदीय दलको उपनेताको जिम्मेवारीमा विराजभक्त श्रेष्ठले पाएका छन् । रिक्त कोषाध्यक्षमा लीमा अधिकारी मनोनित भएकी छन् । सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरा छन् । नयाँ पार्टीले धेरै काम गर्नुपर्ने भएकाले धेरै जनालाई जिम्मेवारी दिएको महामन्त्री ढकाल बताउँछन् ।
(ख) साउदी अरब
२. आगामी डिसेम्बर १०, ११ र १२ तारिखका दिन रियादमा सुसम्पन्न हुने रियाद सिजन्स मा नेपालीहरूको पनि बिशेष उपस्थिति रहने भएको छ ।
(ग) मध्यपुर्ब
३. परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Malaysian telco Axiata has decided to exit its Nepal business Ncell, with writedowns from the troubled business taking it into the red for the first three quarters.