15Sep23
(क) नेपाल
१. पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ,” उहाँले भन्नुभयो ।
(ख) साउदी अरब
२. साउदी अरबले मक्कामा उम्राह गर्न आउने महिलाहरूका लागि ड्रेस कोड तोकेको छ । उनिहरूले लगाएको लुगा लुज हुनुपर्ने, पुरै शरीर ढाकिएको हुनुपर्ने र कुनैपनि गहना लगाउन नहुने जारी ड्रेस कोडमा उल्लेखित भएको गल्फ न्युजले जनाएको छ ।
(ग) मध्यपुर्ब
३. NRNA NCC कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ । उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन । उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको थियो । दुबइमा भिजिट भिषामा पुगेकी सन्ध्यासंग कुवेत पुग्न भने वर्किङ भिषा नै थियो र पुगे लगत्तै उनी घरेलु कामको करारमा बांधिएकी थिइन । तर उनले घरमा काम गर्न सकिनन र एनआरएनएको पहलमा बिशेषतः अध्यक्ष धिरेन सुवेदीले एजेन्टसंग सम्वाद गरी उद्धारलाइ सम्भव बनाउन मदत गरेका हुन । सन्ध्या एक प्रतिनिधि पात्र मात्रै हुन, कुवेतमा यो नियती ब्यहोर्ने सैयौं नेपाली महिलाहरू रहेका छन, जो युएइमा भिजिटमा आइ अन्ततः कुवेत पुग्छन । नेपाल सरकारले घरेलु काममा कुवेत जान प्रतिबन्ध लगाएकाले नेपालबाटै श्रम स्वीकृति लिइ कुवेत आउन सक्दैनन र नेपालको कानुन बमोजिम पाउनुपर्ने न्याय र सुरक्षा पाउन सक्दैनन । नेपाल सरकारले जान पनि नदिने, रोक्न पनि नसक्ने मौजुदा लाचारीको शिकारमा सन्ध्या जस्ता कैयन नेपाली महिलाहरू परि नै रहेकाछन ।
घ) अन्तराष्ट्रिय (International)
4. As part of One Sun One World One Grid (OSOWOG), India, Saudi Arabia, the UAE and Singapore are in advanced stages of creating a mega grid infrastructure, which will enable trade in renewable energy from South East Asia to Europe via the Middle East.
Power Minister RK Singh on Friday said that India recently signed a memorandum of Understanding (MoU) with Saudi Arabia, which includes grid interconnection.
“It will enable us to exchange electricity based on our requirements. It will also extend our reach to the Middle East grid and the European grid. Any deficits in power supply in those areas can be provided by us. Similarly, the reach of Saudi Arabia can be extended through us to the South East Asian grid, to which we will be connected,” the Minister said.