16Sep23
(क) नेपाल
१. विगत ७ वर्षदेखि घरेलु श्रममा विदेश पठाउन रोकिएको कार्यलाई सरकारले ‘पाइलट’ परीक्षणका रूपमा खुलाउने विषयमा सहमति भएको गोरखापत्रले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा यही साता उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव, श्रमसचिव र विभिन्न १२ देशका राजदूतसँगको छलफलमा सो विषयमा सहमति भएको हो । सरकारले अहिले रू. २५ लाख अलग्गै धरौटी लिएर म्यानपावर एजेन्सीहरूलाइ जोर्डन र साइप्रस पठाउन स्विकृति दिंदै आएको छ भने इज्राइलमा सरकार आंफैले नै पठाइरहेको छ । मलेशिया र खाडी राष्ट्रहरूमध्य दुइ पक्षिय श्रम सम्झौता गरेर महिला कामदारहरूको सुरक्षा सुनिश्चित गरेर मात्रै पठाउने सोंचमा सरकार पुगेको जनाइएको छ।
(ख) साउदी अरब
२. बिश्वकै सबै भन्दा अग्लो भवन “जेद्धा टावर”को काम सुचारू गरिएको छ । १,००० मिटर अग्लो यो टावर हाल युएइमा रहेको बुर्ज खलिफा टावर भन्दा पनि १७२ मिटर थप अग्लो हुनेभएको छ । बिभिन्न शपिङ मल, होटल र आधुनिक सुविधा सहितका 2BHK देखि 6BHK सम्मका अपार्टमेन्टहरू लगायतका कैयन सुविधाहरू यही टावर भित्र रहने गरी निर्माण हुंदैछ ।
(ग) मध्यपुर्ब
३. वैदेशिक रोजगार बिभागले प्राप्त उजुरीका आधारमा बिभिन्न ठगहरूलाइ ठगिएको रकम पीडितलाइ फिर्ता दिलाउंदै केहीलाइ वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कार्बाही चलाउंदै जरिमाना समेत गरेको जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
4. The Department of Migrant Workers (DMW) of Philippines, on Wednesday reiterated its call for an increased budget next year for anti-illegal recruitment efforts, regardless if would be confidential funds or not. “What matters is that our anti-illegal recruitment efforts are given a boost and strengthened, with adequate resources,” said Cacdac, who recently took over the agency following the sudden death of Secretary Susan Ople.