19Nov23
(क) नेपाल
१. नेपाल सरकारले चेक बाउन्समा सकेसम्म मिलापत्र गराउने कानुनी व्यवस्था गर्न लाग्दा चेक बाउन्सका घटना भने बढेका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेरबहादुर कडायतले साउनदेखि असोजसम्म २ अर्ब ९४ करोड ४४ लाख ७० हजार ६९१ रुपैयाँको चेक बाउन्स भएको जानकारी दिए। संख्यात्मक रुपमा हेर्दा सानो परिमाणका चेक बढी बाउन्स भएका छन्। नेपालको अर्थतन्त्र र सुशासनमा यो पनि एउटा समस्या, बिकृति र खतराको सूचक हो ।
(ख) साउदी अरब
२. साउदी अरबले सरकारी कार्यालयका कर्मचारीहरूलाइ अतिरिक्त काम (Overtime) मा लगाउनुपर्दा अग्रिम बिभागिय स्वीकृति आवश्यक पर्ने नियम बनाएको गल्फ न्युजले जनाएको छ ।
(ग) मध्यपुर्ब
३. गाजामा रहेका बन्धकहरू रिहा गर्ने शर्त र समझदारीमा अमेरिकी मध्यस्थताकारी पहलमा इज्राइल र हमास युद्ध बिरामको नजिकमा पुगेका छन ।
घ) अन्तराष्ट्रिय (International)
- Nepal has secured the third position in the Women’s T20 Quadrangular Series held in Hong Kong after defeating Japan by 45 runs in the match held earlier today for the third place.