12Nov23
(क) नेपाल
१. नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दैनिक हुने उडान संख्याले रेकर्ड तोड्दै एकैदिन गतः असोज २९ का दिनमा ११३ वटा अन्तराष्ट्रिय उडान भएका छन, तदुपरान्त पनि दैनिक ११० कै हाराहारीमा उडान भैरहंदा कतार एअरवेज, फ्लाइ दुबइ लगायतका केही एअरलाइन्सहरूले उडान संख्या अजै थपेर नया उडान तालिका सार्वजनिक गरेकाछन । हिउंदमा हुस्सु कुहिरो अनि बर्षादमा बादल बर्षाका कारण काठमाडौ अवतरण त्यसैपनि जोखिमपुर्ण रहनेगरेको र कतिपय दुर्घटना समेत भएकाछन । दुर्भाग्यबस काठमाडौ अन्तराष्ट्रिय बिमानस्थलको यो चाप र जोखिम भैरहवा र पोखरामा बिमानस्थलहरूलाइ अन्तराष्ट्रिय उडान योग्य बनाएर पनि ती बिमानस्थलहरूमा ब्यापारिक उडान अपेक्षाकृत हुनसकेकाछैनन ।
(ख) साउदी अरब
२. रियाधमा हिंजो सम्पन्न अरब समिटले गाजामा बिना शर्त तत्काल युद्ध बिराम गर्न आह्वान गरेको छ, साथै युद्ध प्रभावित प्यालेस्टाइनीहरूलाइ मानविय सहायता प्रदान गर्ने निर्णय गरेको यो समिटले इज्राइल बिरूद्ध कुनै कदम चाल्ने निर्ण भने नगरेको एनबिसी न्युजले जनाएको छ । गाजो ठूलो अस्पतालमा उर्जा आपूर्ति बन्द भएपछि बिश्व स्वास्थ्य संघले समेत सम्पर्क गर्न पाएको छैन, त्यहां ठूलै हताहत भएको अन्य स्रोतले जनाएका छन ।
(ग) मध्यपुर्ब
३ कतारले भारतलाइ साइबर ह्याक गरेको आरोप लगाएको छ । सामा टिभीका मुताविक केही भारतिय ह्याकरहरू अचेल सूचना तथा डाटाहरूमा अनधिकृत पहुंच स्थापित गर्ने, डाटा चोर्ने र दुरूपयोग गर्ने अनि वेभसाइटहरूलाइ अस्थिर, समस्याग्रस्त र असुरक्षित बनाउन लागिपरेकाछन । स्मरणिय छ कतारले जासुसी गरेको अभियोगमा केही पुर्ब भारतिय सेनाहरूलाइ मृत्यु दण्डको सजाय सुनाइसकेको छ जसलाइ रोक्नका लागि भारतले सबै सम्भाब्य पहल गरिरहेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The US Embassy in Nepal has also celebrated Tihar with great zeal.
The Embassy has released the picture of rangoli prepared at its premises on the occasion of Tihar through social media.
The embassy has written on social media, “Check out the U.S. Embassy’s colorful rangoli to celebrate the spirit of Tihar!”