11Nov23
(क) नेपाल
१. विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।
(ख) साउदी अरब
२. गाजाबारे बिशेष छलफल गर्न इरान लगायत अरब राष्ट्रका प्रतिनिधीहरू साउदी अरब आएकाछन ।
(ग) मध्यपुर्ब
३ सन २०५० सम्ममा दुबइमा १० मिलियन टन कार्बन उत्सर्जन घटाएर जिरो कार्बन उत्सर्जनको शहर बनाइने भएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Dr Om Murti Anil also secured a place in the World Book of Records, London in March 2023 for ‘the longest running radio interview as a guest speaker on heart disease prevention’.