10Nov23
(क) नेपाल
१. यो बर्ष असोजमा रू. १ खर्ब ३६ अर्ब रेमिटान्स भित्रिएपछि नेपालका आर्थिक खाता पाता फेरिएका छन । गतः असार सम्म ७२ अर्ब घाटामा रहेका चालु खाता असोजसम्म आइपुग्दा सिर्फ ३ महिनामै ५९ अर्ब बचतमा देखिएका छन । रेमिटान्स खुदै गतः बर्षको यसै अवधिको तुलनामा ३०% ले बढेको हो । महंगीका कारण आयात बढ्न नसक्दा बिदेशी मुद्रा सञ्चिती पनि बढेर रू. १६ खर्ब ४३ अर्ब बराबर हुन पुगेको र महंगी दर पनि भदौमा ८.५% रहेकोमा असोजमा ७.५% मा झरेको बिजमाण्डुले जनाएको छ ।
(ख) साउदी अरब
२. आफ्नो देशको मिलिटरी स्कूलबाट मेकानिकल टेक्नोलोजीमा डिप्लोमा गरेको प्रमाण पत्र देखाएर साउदी इञ्जिनियरिङ काउन्सिलमा दर्ता हुंदै रोजगार गर्दै आएका एक आप्रबासी कामदारको उक्त प्रमाणपत्र अन्तत भेरिफाइ हुन नसकि नक्कली सावित भए पछि निज आप्रबासी कामदारलाइ साउदी अरबमा जरिमाना तिराएर, जेल सजाय दिंदै अन्तत देश निकाला गरिएको छ ।
(ग) मध्यपुर्ब
३ साउदी अरबको रियाधमा श्रम स्वीकृति लिइ आएका कामदारहरूले करार बमोजिम काम, तलब, सुविधा केही पनि नपाइ अलपत्र परेपछि वैदेशिक रोजगार बिभागमा उजुरी गरेपछि विभागले निजहरूको उद्धार नहुञ्जेल पठाउने एजेन्सीलाइ निलम्बन गर्दै साउदी रोजगारदाता कम्पनीलाइ समेत प्रतिबन्ध लगाउदै कालो सूची (Black List) मा राखेको बिभागले प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The government of Nepal has decided to accept a $100 million concessional loan from the Asian Development Bank provided under the budgetary assistance.
A Cabinet meeting held on Thursday decided to accept the loan of Rs13.26 billion, said Minister for Communications and Information Technology Rekha Sharma, who is also the government spokesperson.