9Nov23
(क) नेपाल
१. बिनोद कुँवर नेतृत्वको एनआरएनएमा एनसिसी अल्वानीया थप भएको छ । अलबानियामा बसोबास गर्ने एनआरएनहरुको नोवेम्बर ८, २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गर्दै अध्यक्षमा आशिका बिक, महासचिव आशुष पाठक र कोषाध्यक्षमा उर्मिला राइलाइ चयन गरेको छ। भेलामा एनआरएनए आइसीसी सचिव धर्मराज खतिवाडा, एनआरएनए युरोप संयोजक उल्का घिमिरे, एनआरएनए एनसीसी क्रोयसीयाका सल्लाहकार दावा लामाको समेत उपस्थिति रहेको थियो। भेलाले अब मान्यताको पत्र पश्चात एनआरएनए एनसीसी अल्वानीयाले बाँकी पदमा पूर्णता दिएर सदस्यता वितरण गर्दै छिट्टै अधिवेशनद्वारा नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ।
(ख) साउदी अरब
२. साउदी अरबले युद्ध प्रभावित प्यालेस्टाइनीहरूको मदतका लागि मानविय सहायता स्वरूप ३५ टन अत्यावश्यक सामाग्रीहरू राखिएको जहाज त्यसतर्फ पठाएको aawast.com ले जनाएको छ ।
(ग) मध्यपुर्ब
३ मध्यपुर्बको कतारलाइ आफ्नो ब्यवशायिक कर्मथलो बनाइ एनआरएनएको गतः अक्टोबरमा सम्पन्न एक पक्षको अधिवेशनमा चुनावमा प्रतिस्पर्द्धा गरेका अरू पक्षहरू समेतको राम्रो मत लिएर उपाध्यक्षमा बिजयी बनेर पनि सपथ नलिएका राजु (राज) रेग्मीले परराष्ट्र मन्त्रालयको सुपरिब्यक्षण हुनेगरी एक बिशेष छानबिन समिति बनाइ निर्वाचनमा भएका धांधलीको छानबिन गर्ने लगायतका हाल बिभिन्न समुहमा बिभाजित बनेका सबै एनआरएनहरूलाइ एकताबद्ध बनाउन पहल गर्दै सो का लागि आह्वान गरेका छन । फेसबुक मार्फत उनले सार्वजनिक गरेको यो अपिलमा निर्बाचित भएर पनि सपथ नलिएका अर्का उपाध्यक्ष डा. केशब पौडेल, महिला उपाध्यक्ष रोजिना प्रधान राइ, उप महासचिव सोम सापकोटा र सह कोषाध्यक्ष तिलक गैरेले पनि साथ दिएकाछन ।
घ) अन्तराष्ट्रिय (International)
- The government has decided to establish a Nepali Embassy in Portugal.
A meeting of the Council of Ministers held on Thursday decided to establish the embassy. It recommended the name of Sanil Nepal to head the mission, according to Minister for Communications and Information Technology Rekha Sharma, who is also the government spokesperson.
It is estimated that over 20,000 Nepalis are currently living in Portugal.