8Oct23
(क) नेपाल
१. गुलियो मायाजालमा अपराध लुकेको हुन्छ, लेखिका सरस्वति शाहले आफ्नो खोजमुलक लेखको शिर्षक हो यो । उनले लेखे बमोजिम कानुनमा बिभिन्न थरिका ब्यवस्था भए पनि गुलियो मायाजालमा परेर अपराध गर्ने समुह जताततै तीब्र रूपमा फैलिरहेका छन । यसको कारण जान्ने जिज्ञासा त्यति देखिन्न तर यसको समाधान र रोकथाम खोज्ने हो भने यो हनिट्याप धन्धाको जरैसम्म पुग्न जरूरी हुन्छ ।
(ख) साउदी अरब
२. साउदी अरबले बिद्युतिय भेइकलहरूको तीब्र बिकास गर्न यसका लागि चाहिने अन्य सुविधाहरूको समेत बिकास र बिस्तार गर्ने नीति पारित गरेको साउदी गजेटले जनाएको छ । यस नीति अन्तरगत आगामी सन २०३० सम्ममा देशैभरी १,००० स्थानमा इभीका बिभिन्न सुविधाहरू, ५,००० स्थानमा फास्ट चार्जिङ स्टेशनहरू बिभिन्न शहर र हाइवेहरूमा सञ्चालनमा ल्याइने भएका छन ।
(ग) मध्यपुर्ब
३. प्यालेस्टाइनी – इज्राइलको ताजा लडाइमा ज्यान गुमाउनेहरूको संख्या ६०० पुगेको छ, यसमा १० जना नेपालीहरू पनि परेकाछन । सैयौं, हजारौं घाइते भएकाछन । इज्राइलले गाजामा जबाफी हमाला जारी राख्दै ४०० जति एअर स्ट्राइक गर्दा १३ वटा आवासीय टावरहरू सहितका कैयन भौतिक संरचनाहरू ध्वस्त भएका छन भने सैयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । अमेरिकाले इज्राइललाइ ताजा र थप मदत दिन शैन्य आक्रामक क्यारियर सहितको जहाज अहिले इज्राइल नजिक पुगिसकेको छ । इरानले हमासको ऐतिहासिक युद्ध सफलता भन्दै हमासलाइ बधाइ दिएको छ । अमेरिकाले साउदी अरब र इज्राइलको सम्बन्ध सुधार हुंदै गर्दा प्यालेस्टानीहरू आक्रोसित बनेर यो ताजा भिषण युद्ध गरेको बिश्लेष गरेको छ । नेपाल सरकारले युद्धमा मृत्यु हुने र घाइते सबैको मदत गर्नका लागि नेपालका लागि इज्राइलका राजदूत मार्फत कुटनैतिक पहल गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Hydrogen train tests are under way in Saudi Arabia as the country looks to adopt more sustainable transport systems.
Saudi Arabia Railways (SAR) announced the news following the signing of a deal with French train firm Alstom, the Saudi Press Agency (SPA) reported on Sunday.