9Oct23
(क) नेपाल
१. नेपाल सरकारले इज्राइलमा हमासक आक्रमणमा परी मृत्यु हुनेका परिवारजनलाइ रू. १० लाख राहत सहयोग प्रदान गर्ने जनाएको छ । साथै इज्राइलबाट नेपाल फर्किन चहाने नेपालीहरूलाइ नेपाल एअरलाइन्स र हिमालयन एअरइलान्सका बिमानहरू चार्टर गरेर स्वदेश झिकाउने निर्णय गरेको झछ
(ख) साउदी अरब
२. नेपाली कन्सुलेट जनरल जेद्धाको राहदानी बितरण सम्बन्धी सूचना !!!
यस कन्सुलेट जनरल, जेद्दामा राहदानीको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूची बमोजिम ४७४ जनाको विद्युतीय राहदानी (e-passport) तयार भई आएकाले सूची अनुसार नाम भएका आवेदकहरुलाई यस कन्सुलेट जनरलमा आई आफ्नो राहदानी लिनुहुन अनुरोध छ।
राहदानी लिन आउँदा आफ्नो पुरानो राहदानी र राजश्व बुझाएको रसिद (नवीकरण गरेकाको लागि) र राजश्व बुझाएको रसिद (हराएको र नयाँको लागि) साथमा अनिवार्यरुपमा ल्याउनहुन सूचित गरिन्छ।
साथै, यसैसँग संलग्न सूचीमा आभा/खमिस, जिजान, यान्बु तथा ताबुक र सो वरपरका क्षेत्रहरुबाट महावाणिज्यदूतावास आई अथवा महावाणिज्यदूतावास टोली ती स्थानहरुमा आउँदा आवेदन दिनुभएकाहरुको राहदानी सोही स्थानहरुमा वितरणको व्यवस्था मिलाइने एवम् सोका लागि देहायको नम्बरमा सम्पर्क गरी आफू कुन स्थानमा रहेको जानकारी गराउनुहुन समेत अनुरोध गरिन्छ।
०५३८५०२१९२
नेपाली कन्सुलेट जनरल, जेद्दा
२०८०/०५/२५
(ग) मध्यपुर्ब
३. विदेशी मुलुकबाट स्वदेश आउनुहुने सम्पूर्ण नेपाली नागरिकहरुको सुखद र सहज यात्राको कामना गर्दछौँ। नेपालको कानुनले बन्देज गरेका सामान नल्याउनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दै आफूसँग भएको सुन, मोबाइल, ल्यापटप, घडी आदि सामानको बारेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपास शाखामा रहेको स्वघोषणा कक्षमा स्वयम् घोषणा गरी भन्सार प्रशासन तथा सुरक्षा निकायको कारबाहीबाट बच्नुहुन सम्पूर्णलाई जानकारी गराउँदछौँ।
घ) अन्तराष्ट्रिय (International)
- 32 Nepalis have been rescued from Seidot Negev, the southern region of Israel, by transferring them to a safe place in the skirting of the Israeli army. 10 students who went to intern in Israel from Nepal have died.