7Oct23
(क) नेपाल
१. काठमाडौ महानगरपालिकाले नगरभित्र सार्वजनिक शौचालय सञ्चालनमा जोड दिंदै यस्ता शौचालय निर्माण, सञ्चालन र ब्यवस्थापनमा सरिक हुन चाहनेलाइ बिशेष सहयोग गर्ने भएको महानगरपालिकाका बिभागिय प्रमुखले बताएकाछन । सुब्यवस्थित शहरको मापदण्ड मुताविक हरेक ५०० मिटरमा यस्ता शौचालय हुनुपर्नेमा महानगरपालिकाको रेकर्डमा कूल ५७ वटा शौचालय मात्र रहेको र ति ५७ को पनि साफ सफाइ सहितको सुसञ्चालन हुननसक्दा प्रयोगमा नआएको दुरावस्था रहेको परिप्रेक्षमा यो काममा जोड दिइएको छ ।
(ख) साउदी अरब
२. साउदी अरबले घरेलु कामदारहरूका लागि नयां नीति, नियम र प्रकृया जारी गरेको छ । गल्फ न्युजले उजागर बमोजिम नयां नियममा कामदार र रोजगारदाताका बिचमा अरबिक र कामदारको मातृभाषा दुबै उल्लेख भएका करारनामा गरिने, कामदारको उमेर कम्तीमा २१ बर्ष पुगेको हुनुपर्ने, सातामा ६ दिन, दिनको १० घण्टा मात्रै काम गर्नुपर्ने, हरेक साता १ दिन तलबी बिदा पाउने, मासिक तलब ढिला नगरी दिनुपर्ने, कुनै दुर्ब्यवहार गर्न नपाइने, रोजगारमा लाग्ने (नियुक्ती, चेञ्ज आदि सबैमा लाग्ने) खर्च रोजगारदाताले नै ब्यहोर्नुपर्ने, ९० दिनको परिक्षण काल हुने र यो बिचमा र करारअवधि सकिएपछि रोजगारको निरन्तरता या अन्त्य गर्नका लागि दुबै पक्ष स्वतन्त्र हुने, कामदारको पासपोर्ट कफिलले राख्न नपाउने र कामदारले रोजगारदाता बाहेक अन्यत्र कुनै पनि काम गर्न नपाउने लगायत उल्लेखित भएका छन ।
(ग) मध्यपुर्ब
३. विनोद कुंवर नेतृत्वको NRNA NCC कुवेतको २०२३-२०२५ कार्यकालको कार्यसमितिले अस्ती बिहिबार सांझ स्थानिय एक होटलमा सपथ ग्रहण तथा बार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम गरेको छ । अध्यक्ष धिरेन्द्र राज सुवेदीको सभापतित्वमा आयोजित यो कार्यक्रममा अर्को पक्षका केहीले असहिस्णुता दर्शाउंदा कार्यक्रम बिथोल्नका लागि हदैसम्मको कोशिष गरेका थिए । एनसिसी कुवेतको यहि टिमले त्यस अघि कुवेतमा पक्षाघात भर्इ उपचार गराएकी पाल्पाकी कमला बिकलाइ नेपाली दूतावास कुवेतसंग सहकार्य गर्दै, हस्पिटलबाट डिस्चार्ज गराइ टिकटको ब्यवस्था गरी स्वदेश फर्काएको थियो ।
घ) अन्तराष्ट्रिय (International)
- According to recent data from the Qatar Biobank’s (QBB) population-based study, many participants are obese or overweight. It also said that nearly half of the participants are inactive daily, heightening their health risks.
According to data approximately 76% of the population is reported to be overweight or obese. Among them 40% of men and 31% of women are overweight, and 36% of men and 45 % of women are obese.