6Nov23
(क) नेपाल
१. जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न डा शेष घलेको उपस्थितिमा बसेको एनआरएनए आइसिसीको २० औं बिशेष बैठकले १ करोड रुपैयाँभन्दा बढी रकम उठाउंदै तत्काल राहतका लागि स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत भूकम्पबाट अति प्रभावित क्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्मल र खाद्यान्न लिएर संघका युथ ब्राण्ड एम्बास्डर दिपेश खत्री सहितको टोली त्यसतर्फ गएको संघले जनाएको छ । साथै घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसि शेर्पा तथा श्याम तामाङ र एमआईटी ग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी पीडित तथा जनप्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरुसँगको छलफल तथा समन्वयमा आगामी दिनका लागि कस्ता अल्प तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानीयहरुका प्राथमिकता पूरा गर्न सकिन्छ, त्यसैअनुसार थप सहयोगका आगामी खाकाहरु तयार पार्ने पनि संघले जनाएको छ । बैठकको शुरूवातमै संघका अध्यक्ष बिनोद कुंवरले रू. १० लाखको सहयोग घोषणा गरेपछि बैठकमा उपस्थित अरू सहभागी पदाधिकारीहरूले पनि साथ दिंदा रू. ५० लाख जतिको राशी जुटे पश्चात डा. घलेले MIT फाउण्डेशनका तर्फबाट पनि त्यति नै राशी सहयोग दिने र दुबै फाउण्डेशनहरूले संयुक्त रूपमा यो राहत अभियान थाल्ने निर्णय भएपछि राशी करोडमा पुगेको हो र थप सहयोग संकलन जारी छ र इच्छुक जो कोहीले पनि यो पवित्र अभियानमा साथ दिएर सहभागी बन्न संघले प्रभु बैंक टंगाल शाखामा रहेको ग्लोबल एनआरएनए फाउण्डेसनको खाता नं. १३६०१५३३०६५०००१४ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ ।
यसै बिच आज अपरान्ह पुनः जाजरकोटमै केन्द्र बिन्दु भएको ५.९ रेक्टर स्केलको अर्को भुकम्प (शक्तिशाली पराकम्प) गएको ताजा खबर छ ।
(ख) साउदी अरब
२. साउदी अरबको रियाधमा म्याद नाघेका खाद्यबस्तुको डेट (म्याद) चेञ्ज गरेर बेच्ने एक ब्यापारिक प्रतिस्ठानलाइ साउदी अरबको खाद्य तथा औषधी प्राधिकरणले १ मिलियन रियाल भन्दा बढी जरिमाना गर्दै, म्याद नाघेका सबै खाद्य सामाग्री जफत गर्दै कार्बाही गरेको छ ।
(ग) मध्यपुर्ब
३ अक्टोबर ७, २०२३ को भिषण युद्ध गर्ने हमासको शैन्य शक्तिलाइ परास्त गर्न इज्राइल लागिपरेको बेला अमेरिकाले हमासका आर्थिक स्रोतहरू बन्द गर्न लागिपरेको छ । अमेरिकाले हमासका नेता ६१ बर्षिय इश्माइल हानियालाइ सन २०१८ देखि नै आर्थिक नाकाबन्दी गर्दै आएको छ भने अहिले हमासलाइ सहयोग गर्दै आएका मुलुकहरू साउदी अरब, कतार र केही युरोपियन मुलुकहरूका सहयोग बन्द गराउन अमेरिकाले कुटनैतिक दौडधुप र पहल गरिरहेको छ । यसैबिच हमासका नेता इश्माइल हानियालाइ कतारमा अयासी जिवन (Luxarious Life) ब्यतित गर्दै आएको भनि अस्ट्रेलियन मिडिया सनडे मर्निङ हेरल्डले लेखेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Nepal’s export of high-value products increased by 18 percent in the first quarter of the current fiscal year, largely due to a rise in the shipment of iron and steel products, cardamom, dog chew, ginger, cement and lentils.
Export earnings from goods identified by the Nepal Trade Integration Strategy (NTIS) 2023 totalled Rs26 billion in the review period.