4Nov23
(क) नेपाल
१. हिंजो मध्यरातमा जाजरकोटमा केन्द्र रहेको ६.४ रेक्टर स्केलको भुकम्पले कम्तिमा जाजरकोट र रूकुममा कम्तिमा १५७ जनाको ज्यान लिइसकेको छ भने १९७ जना घाइते भएकाछन । ५०० ससस्त्र प्रहरीले सो क्षेत्रमा थप घाइते र मृतकहरूको खोजि गरिरहेका छन भने उद्धारका लागि आज बिहानै प्रधानमन्त्री पुस्प कमल दहाल लगायत सरकारी तथा गैर सरकारी संयन्त्रहरू सो क्षेत्रमा खटिएकाछन । रूस, चिन, अमेरिका लगायतले उद्धार तथा राहतमा सघाउने घोषणा गरेका छन । सो क्षेत्रमा निर्मित माटोका र माटोले नै जोडिएका ढुंगाका घरहरू प्राय भत्केका छन भने धेरै घरहरू बस्नै नमिल्नेगरी चिरा परेकाछन, पिलर सिस्टममा निर्मित केही पक्की घरहरू मात्रै यो भुकम्पमा जोगिएकाछन । सदा झैं स्वदेशमा बिपद पर्दा सघाउंदै आएको एनआरएनए अहिले बिभाजित भएता पनि सबै समुहहरूले बेग्ला बेग्लै सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले नेपालबाट वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दहाल लगायतको टोलीसंग र साउदी सरकारका मानवस्रोत तथा सामाजिक बिकास उप मन्त्री डा. अदनान अल नुआइमसंग बिशेषतः नेपाल र साउदी अरबका बिच श्रम सम्झौता गर्नका लागि प्रस्तावित मस्यौदाका बिषय बस्तुहरूबारे छलफल भएको बारे सूचित गरेको छ ।
(ग) मध्यपुर्ब
३ कुवेतका आवासिय क्षेत्रमा अविवाहित आप्रबासी पुरूषहरूलाइ रहन नदिनेगरी नयां कानुन पारित गरिएको गल्फ न्युजले जनाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- The Home Office of UK has been accused of ignoring migrant worker abuses on farms, including allegations of threats, wage theft, racism and appalling conditions for seasonal workers.
A Bureau of Investigative Journalism (TBIJ) report has unveiled shocking levels of mistreatment across UK farms that point to modern slavery and labour exploitation.