31Oct23
(क) नेपाल
१. नेपाल प्राधिकरणले इभी चार्जिङ स्टेशनले इभी चार्ज गरे बापत लिने शुल्कमा १५० प्रतिशत बृद्धी गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणले अहिलेसम्म मुलुकभर कूल ५१ वटा चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ र ती मध्य १० वटामा सदैव लाइन लाग्न थालेको छ चार्जिङका लागि । अहिले प्राधिकरणले निजि क्षेत्रलाइ समेत इभि चार्ज गर्दा बिद्युत महशूलको २०% मात्रै बढी शुल्क लिन अनुमति दिएकोमा अब बढी लिन पाउने छन। एउटा चार्जिङ स्टेशन सञ्चालन गर्दा रू. ६० लाख खर्च हुने तर साविकको दरमा इभि चार्ज गर्दा दैनिक रू. ३ हजार मात्रै आम्दानी हुने हुंदा यो काममा निजि क्षेत्रलाइ समेत मुलुक भर थप चार्जिङ स्टेशनहरू स्थापना गरी सञ्चालनमा ल्याउन प्रोत्साहन गर्न हेतु पनि यो बृद्धी प्रस्तावित गरिएको प्राधिकरणले जनाएको छ ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधदले आगामी १७ र १८ नोभेम्बर २०२३ मा दमाममा र २२ र २३ डिसेम्बर २०२३ मा जुबेलमा राहदानी संकलन शिविर सञ्चालन गर्नेभएको छ ।
(ग) मध्यपुर्ब
३ वैदेशिक रोजगार बिभागले बायोमेट्रिक प्रणालीमा आएको प्राविधिक समस्याका कारण अबरूद्ध श्रमस्वीकृति तत्काल खुलाउन अस्थाइ रूपमा बायोमेट्रिकलाइ स्किप गर्दै २ दिने ओरियन्टेशन ट्रेनिङको प्रमाणपत्रको आधारमा श्रम स्वीकृति दिने भएको सूचना प्रकाशित गरेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Saudi Arabia is almost certainly going to host football’s 2034 Fifa World Cup after the only other bidder for the tournament has withdrawn from the race.
On 31 October, which is the deadline for submitting bids, Football Australia, the body that governs the sport in Australia, issued a statement saying that the country will not bid for the 2034 tournament. “We have explored the opportunity to bid to host the Fifa World Cup and – having taken all factors into consideration – we have reached the conclusion not to do so for the 2034 competition,” it said.