28Oct23
(क) नेपाल
१. नेपालमा दशैंका बेला बिद्युतिय बाहनहरूको प्रयोग ह्वात्तै बढेको देखिएको छ । मुलुकभर नेपाल बिद्युत प्राधिकरणले सञ्चालनमा ल्याएका ५१ वटा चार्जिङ स्टेशनहरू र EV (बिद्युतिय गाडी) बिक्रेताहरूले जडान गरेका ३८ (टाटा-१९, एमजी-७, बीवाइडी-५ र किया-७) गरी कुल ८९ वटा सबै चार्जिङ स्टेशनहरू यो बेला फुल फेजमा प्रयोग भएका छन । एकै दिनमा २ हजार पटक सम्म बिद्युतिय बाहनहरू रिचार्ज गरिएको बिद्युत प्राधिकरणले जनाएको छ । नेपालका लागि यो शुभ समाचार हो किनको यसले नेपालमा उत्पादित जल बिद्युत नेपालभित्रै इन्धनमा उपयोग गरेर पेट्रोलिय पदार्थको उपयोग घटाएको छ भने वातावारण प्रदुशन घटाउन समेत मदत गरेको छ । हालसम्म नेपालमा लगभग ५३ हजार विद्युतीय सवारीसाधन सडकमा संचालन छन्। यो आर्थिक वर्षको तीन महिनामा चीन, भारत र कोरिया बाट मात्रै २ हजार ८०० भन्दा धेरै विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन्। नेपाल बिश्वमै सर्वाधिक बिद्युतिय सवारी साधन बिक्रि हुने मुलुक बनेको छ, यस अघि यो रेकर्डमा नर्वे रहेको थियो ।
(ख) साउदी अरब
२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले कुनै पनि रोजगारकर्मीलाइ करार समाप्तीमा मिल्ने बोनस नदिएरै टर्मिनेट (पदमुक्त) गर्न सक्ने देहायका ९ अवस्थाहरू बारे खुलाएको छः
(१) रोजगारकर्मीले हडताल गरेमा, रोजगारदाता या अन्य रोजगारकर्मीलाइ हातपात गरेमा
(२) करार बमोजिम रोजगारकर्मीले गर्नुपर्ने ड्युटी नगरेमा
(३) रोजगारकर्मीलाइ दिइएको निर्देशन पालना नगरेमा, सेफ्टीका नियम उलंघन गरेमा
(४) रोजगारदाताको बिश्वसनियता र छबीमा आंच आउनेगरी रोजगारकर्मीले नराम्रो ब्यवहार गरेमा
(५) रोजगारकर्मीले नियतबस रोजगारदातालाइ हानी हुने काम गरेमा र रोजगारदाताले २४ घण्टा भित्र यसबारेमा रिपोर्ट गरेमा
(६) रोजगारकर्मीले रोजगारदातालाइ धोका दिंदै बैकल्पिक रोजगार खोजेमा
(७) रोजगारकर्मी लगातार १५ दिन या बर्षभरीमा कूल ३० दिन भन्दा बढी दिन काम नगरेमा (अब्सेन्ट भएमा)
(८) रोजगारकर्मीले आफ्नो पद(जब)को दुरूपयोग गर्दै बैयक्तिक फाइदाका लागि काम गरेमा
(९) रोजगारदाता कम्पनीको औद्योगिक तथा ब्यापारिक ब्यवशायिक गोपनियता (Trade Secret) भंग गरेमा ।
(ग) मध्यपुर्ब
३ कतारको श्रम मन्त्रालयले फेमिलि भिषामा रहेकाहरूलाइ पनि वर्क पर्मिट (काम गर्ने अनुमति) दिनेगरी केही आवश्यक कागजात र प्रकृया मन्त्रालयको वेभ पोर्टलमा राखिदिएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Migrant workers in Israel have said that they are unable to return home to their families after the 7 October attacks as they are trapped in debt from the high recruitment fees they had to pay for their jobs.
It is understood that at least 50 migrant workers died in Israel during the attacks by the Hamas militant group; 30 Thai nationals, four Filipinos and 10 Nepalis are so far known to have been killed, according to government and media reports. There are reportedly more than 100,000 foreign workers in Israel, with the majority working as caregivers, as well as in agriculture and construction.