11Oct23
(क) नेपाल
१. आधा खर्ब ऋण, भएका जहाज ग्राउण्डेड भएर गम्भीर आर्थिक संकटमा फसिरहेको नेपाल वायु सेवा निगमलाई थप जहाज किन्न पर्यटनमन्त्री सुदन किराती दौडधुप गरिरहेका छन्।
एक वर्षदेखि निगमको व्यवस्थापन लथालिङ छ। व्यवस्थापन सुधार उनको प्राथमिकतामा छैन। तर जहाज किन्न भने उनी मरिहत्ते गर्दैछन्। उनले मंगलबार मात्रै निगम संचालक समितिलाई बोलाएर प्रधानमन्त्री प्रचण्डको निर्देशन भन्दै १० वटा सानाठूला जहाज किन्ने प्रक्रिया अगाडि बढाउन भनेका छन्।
किरातीले सुरुमै जहाज खरीदमै आँखा लगाए। योजनावद्ध हिसाबले आएका किरातीले नेपाल वायु सेवा निगम सुधार अध्ययन समिति बनाएका थिए। जहाज खरीदमा हुने कमिसनको लोभले सबै पर्यटनमन्त्रीलाई तान्ने गर्छ। तर किनिएको जहाज व्यवस्थापनमा कसैको पनि ध्यान हुँदैन।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले हिंजो थप ९१ जना पीडित नेपालीहरूका लागि सहजिकरण गरी उनिहरूको स्वदेश फिर्तिका लागि चाहिने एक्जिट भिषा निकालिदिएको छ । पछिल्लो समयमा “यही नै उद्धार हो” भन्ने अर्थमा वास्तवमै हुनुपर्ने न्यायिक उद्धारको परिभाषामै नपर्ने यो अभ्यासको श्रींखला जारी रहेको छ र रहिरहने सम्भावना किन पनि छ भने यी पीडितहरूलाइ समस्यामा पार्ने तत्वहरूको पहिचान र उजागरसम्म पनि गरिदैन, चिरफार र कार्बाही त क्षितिज पारीका कुरा! अर्थात पीडकहरूलाइ ढाकछोप र संरक्षण नै गर्दै आएको यथार्थ छ ।
(ग) मध्यपुर्ब
३. आगामी २०२४ साल जनवरी १२ तारिखदेखि फेब्रुअरी १० तारिखसम्म कतारमा हुन गैरहेका एशियन फुटबल कप (AFC) २०२३ का सबै ५१ वटा खेलहरू हेर्ने फ्यानहरूका लागि टिकट बिक्री खुल्ला गरिएको छ । फिफा वर्ल्ड कपमा जस्तै AFC कपको पनि पहिलो र अन्तिम खेल ८८ हजार दर्शक क्षमता रहेको लुसैल स्टेडियमा नै हुनेभएकाछन । फ्यानहरूका लागि टिकटदरू २५ कतारी रियाल (७ अमेरिकी डलर)बाट शुरू छन ।
घ) अन्तराष्ट्रिय (International)
- Nepali migrants working in Amazon’s warehouses in Saudi Arabia were deceived, cheated of their earnings and exploited, a report published on Tuesday by the international human rights group Amnesty International said.
According to the report titled ‘Don’t worry, it’s a branch of Amazon: Exploitation of migrant workers contracted to Amazon in Saudi Arabia’, recruitment agents and labour supply companies deceived Nepali migrant workers, who were contracted to serve in Amazon’s warehouses in Riyadh, the capital city of Saudi Arabia, and Jeddah.
“Contract workers were cheated of their earnings, housed in appalling conditions and prevented from finding alternative employment or leaving the country,” said the report, which was prepared on the basis of information collected from 22 men from Nepal who had worked in Amazon’s warehouses between 2021 and 2023.
Those workers were employed by two third-party labour supply contractors—Abdullah Fahad Al-Mutairi Support Services Co (Al-Mutairi) and Basmah Al-Musanada Co for Technical Support Services (Basmah).