25Oct23
(क) नेपाल
१. नेपालमा दशैंको लामो बिदामा कल कारखाना बन्द भै बिद्युत खपतमा कमी आउंदा र भारतले नेपालमा उत्पादित र जगेडा हुनजाने सबै बिद्युत खरिद गर्न नमान्दा फुलपातिका दिनदेखि हरेक दिन करीब ५०० मेगावाट उत्पादित बिद्युत खेर गैरहेको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन ।
(ख) साउदी अरब
२. साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले भिजिट भिषा एक्सपाइर हुनुभन्दा ७ दिन अगावै अनलाइन (अब्सर) मा नै म्याद थप्न सकिने जनाएको छ । सिंगल इन्ट्री भिजिट भिषालाइ १८० दिनसम्मको म्याद बढाउन सकिने तर यसका लागि मेडिकल इन्शुरेन्स भ्यालिड हुनुपर्ने र म्याद थपका लागि चाहिने दस्तुर तिर्नुपर्ने तर जवाजात (अफिस) जानुनपर्ने सुस्पस्ट पारेको छ ।
(ग) मध्यपुर्ब
३ कतारको भञ्सार बिभागले ३ हजार कतारी रियाल भन्दा बढी मूल्य पर्ने कुनै पनि सामान र समग्रमा ५० हजार रियाल भन्दा बढी मूल्यका सामान या नगद बोकी यात्रा गर्नुपर्ने भए भञ्सारमा घोषणा (जानकारी) गराउनुपर्ने खुलाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- A total of 318 electric vehicle import licenses have been issued to Sri Lankans who have sent remittances to Sri Lanka through legal channels, and USD 38 million has been received for importing vehicles, the Labour and Foreign Employment Ministry said.
They said the initiative to encourage Sri Lankan migrant workers to send remittances through banks by introducing licenses to import electric vehicles was conducted with full transparency, and the initiative has been a successful attempt to increase the remittance earnings of the country.