3Oct23
(क) नेपाल
१. साउदी अरबमा १२ बर्षसम्म साउदी मालिकका बाख्रा चराएका बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफ्नै घरमा ब्यवशायिक बाख्रा पालन गर्दै ४५ बाख्राका मालिक भएकाछन । उनले बर्षसमा २० वटासम्म बोका बेच्छन प्रति बोका रू. २०-३० हजारको दरमा । बाख्राकै मल प्रयोग गर्दै उनले तरकारी खेतीबाट समेत केही थप आय आर्जन गरेका छन र उनलाइ सरकारले समेत केही अनुदान सहयोग पनि दिएको छ । के सी ले बिगत सम्झिदै भन्छनः “’पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, उनी भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।’”
(ख) साउदी अरब
२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले साउदी श्रम कानुनमा तलब तोकिने (Salary Fixing) बारे उल्लेख भएको छैन, यो त रोजगारदाता कम्पनीको आन्तरिक नीति नियमानुसार र रोजगारकर्मीसंग गरिएको करारनामा बमोजिम हुन्छ भनि स्पस्ट पारेको छ ।
(ग) मध्यपुर्ब
३. वैदेशिक रोजगार बिभागले बेलायतमा नेपाली नर्शहरू सरकारी स्तरमै पठाउने प्रकृया शुरू भैसकेको र सो का लागि यहि अक्टोबर १९ तारिखसम्म आवेदन दिन सकिने खुलाउंदै तत्सम्बन्धमा सञ्जालमा आएका कतिपय कुराहरू सत्य नभएको स्पस्ट पारेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Bangladesh Parliament Speaker Dr Shirin Sharmin Chaudhury today put
emphasis on initiating a Parliamentary Group on Bangladesh-Nepal relations to
explore areas of cooperation in power, connectivity, tourism and agriculture.
She made the remark while a high-level parliamentary delegation from Nepal,
led by Dr Arzu Rana, Chair of the Agriculture, Cooperatives, and Natural
Resources Committee called on her at the Parliament, said a press release
here.
The delegation is visiting Bangladesh to learn about Bangladesh’s success
stories in Agriculture especially achieving self-sufficiency in food and see
some agriculture projects in Bangladesh.