24Oct23
(क) नेपाल
१. सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको दिन शुभसाइतमा मङ्गलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् ।
मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै मुस्लिम अगुवाहरुले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएका हुन् ।
यहाँका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले मङ्गलवार हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थाप्नुभयो । उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताउनुभयो ।
मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको पनि अगुवा मन्सुरीले बताउनुभयो ।
हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।
(ख) साउदी अरब
२. साउदी आरामको र ह्युण्डाइ इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीका बिच जाफुरा फिल्डमा नेचुरल ग्यांस उत्पादन परियोजनाको दोस्रो चरणका लागि २.४ अर्ब डलरको नयां कण्ट्राक्टमा हस्ताक्षर भएको छ । जाफुरा ग्यांस फिल्ड कतार र बहराइन नजिक पर्ने साउदी समुद्र तटिय क्षेत्रमा अवस्थित छ ।
(ग) मध्यपुर्ब
३ कतार, इजिप्ट लगायतका केही अरब मुलुकहरूको मध्यस्थतामा गाजामा जारी युद्ध रोक्ने र कब्जा गरी बन्धक बनाइएका सबैलाइ रिहा गर्न भएका ताजा सम्वादमा बिद्रोही प्यालेस्टाइनीका प्रभावशाली उच्च अधिकारी खालिद मेशालले इज्राइलले गाजामा आक्रमण र बिध्वंस रोकेमा गाजामा बन्धक बनाइएका सबैलाइ रिहा गरिने स्काइ न्युजमा दिएको अन्तरवार्तामाबताएको दोहा न्युजले लेखेको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Millions of women did not work in Iceland on Tuesday, including Iceland’s Prime Minister Katrin Jacobsdottir. Women, including the Prime Minister, have refused to work in protest against gender-based wage discrimination and gender-based violence.