21Oct23
(क) नेपाल
१. NRNA को अध्यक्ष त्रयको ११ औं अधिवेशन पश्चात थप जटिलता र बिवादमा फसेको छ । स्वयमको समेत हस्ताक्षरबाट स्थगित गरेको अधिवेशनमा उनी एक्लैको निर्णयबाट स्थगनको बिधिवत फुकुवा नगरी, बाधा अडकाउ नफुकाइ, भएका त्रुटीहरूको यथोचित सम्बोधन नगरी सपथ ग्रहण र बधाइ लिनतिर गए पछि अरू पक्षहरूले आपत्ती प्रकट गर्दै सबै सम्भावित बिकल्पहरूमा जाने बताएका छन । यसै बिच बिनोद कुंवर पक्षको एनआरएनएले आफ्नो पक्ष सदैव बिधि बिधानको पक्षधर रहेको र अक्षरशः परिपालना गर्दै संगठन सञ्चालन गरिरहेकाले यसैमा सबैलाइ आवद्ध हुन पुनः अपिल गर्दै आगामी २ र ३ मार्च २०२४ मा हुन गैरहेको ११औं अन्तराष्ट्रिय अधिवेशनमा सहभागी हुन खुल्ला आमन्त्रण गरेको छ ।
(ख) साउदी अरब
२. साउदी अरबले देशको समुद्री तट, केही पहाड र मरूभुमिमा ३० हजार बर्ग किलोमिटरको क्षेत्र चराहरूको बासस्थान बिकासका लागि आरक्षित गरी पुर्बाधार तयार गर्ने भएको छ साथै सन २०३० सम्ममा मुलुकका १०० गाउं बस्तीलाइ प्राकृतिक सम्पदा संरक्षण स्थलका रूपमा आरक्षण तथा तदनुरूपको बिकास गर्ने भएको बर्ड गाइड डट कमले जनाएको छ ।
(ग) मध्यपुर्ब
३ कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले आगामी नोभेम्बर ६, २०२३ मा नेपाल भ्रमण गर्ने भएका छन । २ दिने उनको भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेलसंगको भेटवार्ता लगायत रहेका छन ।
घ) अन्तराष्ट्रिय (International)
- Returning overseas Filipino workers (OFWs) from Israel will receive cash assistance as well as other benefits from the Department of Migrant Workers (DMW).
The DMW said that the returning OFWs will receive P50,000 each from the DMW and the Overseas Workers Welfare Administration (OWWA), as well as skills training and financial assistance from the Technical Education And Skills Development Authority (TESDA).