19Oct23
(क) नेपाल
१. NRNA को एक पक्षले गरेको अधिवेशनमा राम कुमारी झांक्रीले दिएको प्रतिकृयात्मक अभिब्यक्ति अहिले भाइरल बनेको छ ताली र गाली दुबै एक साथ खांदै । उनले NRN हरूलाइ उनिहरूको कर्तब्य सम्झाउंदै DOs & DON’Ts (गर्न हुने र गर्न नहुने) काम बारे सम्झाउन, सिकाउन पनि खोजिन, जुन धेरैलाइ पचेको छैन । उनले खरो शब्दमा भनिन – तपाइहरूले ओरिजिनल नेपाली नागरिकता त्यागेपछि अहिले पाउन लागेको नागरिकता राजनैतिक अधिकारबिहिन नागरिकता हो, त्यो पनि हामीले तपाइहरूले ज्ञान, शिप र पूंजी ल्याउनुहोला कि भन्ने अपेक्षामा दिन लागेको । यसैले पनि राजनैतिक टिका टिप्पणी, बिरोध नगर्नुहोस बरू “तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस्।” राजनीति नै गर्न मन छ भने स्वदेश फर्किएर म जस्तासंग चुनाव लड्नुहोस । सकारात्मक रूपमा लिंदा झांक्रिको यो भनाइ एनआरएनहरूलाइ आफ्नो मौलिक पहिचान, संस्था स्थापनाको उद्येश्य, अनुशासन र आचार संहिता तर्फ इंगित गर्ने खालको थियो तर आंफू गैर राजनैतिक संस्थामा रहेका छौं, यो संस्थाभित्र रहेर नेपालको दलिय राजनीति गर्नै हुन्न, भन्ने चटक्कै बिर्सिएर नेपालकै प्रमुख राजनैतिक दलहरूसंग टांस्सिएर आज एनआरएनएका नाममा कांग्रेस, एमाले र माओवादीको चुनाव भएको छ, अर्थात पुरै “राजनैतिक !”
(ख) साउदी अरब
२. साउदी अरबमा बिभिन्न प्रान्तहरूमा रहेका २०० शहरहरूलाइ सार्वजनिक यातायातका बिशेष बसहरूको सेवा दिंदै जोडिने भएको छ । यसका खास उद्येश्यहरूमा शहरहरूमा ट्राफिक जाम घटाउने, वातावरण प्रदुशन (कार्बन उत्सर्जन) घटाउने, कुल गार्हस्थ उत्पादन (GDP) मा ३.२ अर्ब रियालको बृद्धी गर्ने र देशबासीहरूलाइ सहज, सुपथ र बैकल्पिक यातायातको सुविधा दिने निहित रहेको बताइएको छ ।
(ग) मध्यपुर्ब
३ कतारको यातायात मन्त्रालयले लाइसेन्स नलिएका ट्याक्सीहरू प्रयोग नगर्न चेतावनी दिएको छ । कतारमा हाल ६ वटा कम्पनीहरू (Uber, Karwa, QDrive, Badr, Aber & Zoom Ride) ले मात्रै लाइसेन्स लिएको र यी सबैका सेवाहरू अनलाइनमा उपलब्ध रहेको समेत खुलाउंदै बिना लाइसेन्स ट्याक्सी सेवा दिनेलाइ कार्बाही गर्ने चेतावनी दिएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- Vicious Islamist regime of Gaza has treated Gazans as mere fodder in its apocalyptic war on Jews.
Hamas is the enemy of the Palestinians
Over the past two weeks, the same phrase has been uttered by countless politicians: ‘Hamas does not represent the Palestinian people.’ US president Joe Biden has said it. British PM Rishi Sunak has said it. Mahmoud Abbas, the president of the Palestinian Authority, which rules over the West Bank, has said it (before his speech was redacted).
But something far stronger needs to be said. It’s not that Hamas does not represent the Palestinian people. It’s that Hamas is against the Palestinian people. It’s the enemy of the Palestinian people. Its interests as an Islamist terrorist movement, dedicated to the destruction of Israel and the creation of an Islamic state in its place, stand in direct opposition to the interests and lives of the Palestinian people.