18Oct23
(क) नेपाल
१. दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान-२०८०’ मा वडा नं.११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्न उनीहरूले दुई सयदेखि ३० हजारसम्म सहयोग उपलब्ध गराएका हुन् ।
श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा छन् ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले थप २०४० वटा नयाँ राहदानी बनेर आएकोसम्बन्धी सूचना सार्वजनिक गरेको छ, सूचना जस्ताको तस्तै
———————————————-
राहदानी नविकरणको लागि ३ अक्टोवर २०२३ सम्म आवेदन दिनुभएका संलग्न लिष्टमा नाम समावेश भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुंदा आफ्नो नयाँ राहदानी बुझिलिनको लागि पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिदसहित राजदूतावासमा यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
राहदानी बुझ्नको लागि विभिन्न कारणले आफू स्वयं उपस्थित हुनसक्ने अवस्था छैन भने तपाइँले आफ्नो राहदानी बुझिलिनको लागि तपाइँको आफन्त वा साथीभाई वा तपाइँको कफिल वा तपाइँको कम्पनीको अन्य स्टाफ वा ड्राइभर आदिलाई पठाउन सक्नुहुन्छ । तर, तपाइँले आफ्नो राहदानी बुझ्नको लागि पठाउनु भएको व्यक्तिलाई अनिवार्य रूपमा तपाइँको पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद तथा तपाइँको लिखित मञ्जुरीनामा दिएर मात्र पठाउनु होला ।
——————————————————
पूर्वी क्षेत्रमा राहदानी वितरण
यो लिष्टमा नाम समावेश भएका तथा यसअघि प्रकाशन गरिएको लिष्ट एवम् सोभन्दा अघिका लिष्टमा नाम आइसकेको भएपनि अझै राहदानी लिन बाँकी रहेका पूर्वी क्षेत्रका दमाम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतको स्थानमा रहनुहुने आवेदकहरूको राहदानी आगामी ०३ नोभेम्वर २०२३ शुक्रबारका दिन बिहान ८ बजे देखि दिउसो ११:०० बजेसम्म दमाम सिको गार्डेनबाट वितरण गरिनेछ । दमाम सिको गार्डेनको लोकेशनः https://maps.app.goo.gl/AppiFxUJdyNh4xiu7?g_st=iw
——————————————————
अलकासिमको शिविरबाट बनेका राहदानीहरु अलकासिम, बुरैदाबाट नै वितरणका लागि पठाईएको छ । बुरैदामा राहदानी लिनका लागि राजदूतावासका प्रतिनिधि श्री भक्तविर रार्इ 05८३२७०४४० तथा गैर आवासिय नेपाली संघका विशाल श्रेष्ठ ०५३५४७०२५३, कृष्ण अधिकारी ०५५६०३६०२३, धुर्वराज कटुवाल ०५००१५७५६८, राजकुमार श्रेष्ठ ०५३५५४४६८८ र काजिमान काङ्दन्वा ०५७६३२०९३७ लार्इ सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
तयार भएर आएका राहदानीको विवरण र वितरण हुने स्थान राजदूतावासको यो लिङ्कबाट पनि हेर्न सक्नुहुनेछ: https://sa.nepalembassy.gov.np/emrp-status/
यदि कसैको ठाँउ परिवर्तन भएको छ भने राजदूतावासको फोन: 0114611108 मा कार्यालय समयमा फोन गरेर जानकारी गराउनु होला।
——————–
नेपाली राजदूतावास, रियाद ।
अक्टोवर २०२३
(ग) मध्यपुर्ब
३ गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ ।
औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा श्रेष्ठ बलियो उम्मेदवार बन्नु भएको छ ।
यता मध्यपुर्बबाट अध्यक्षका उम्मेदवार बनेका आर के शर्माका पक्षमा माओवादीका जनार्दन शर्माले खुलेर उनलाइ जिताउन पार्टी पक्षधरहरूलाइ निर्देशन दिएपछि RK शर्मा माओवादीका उम्मेदवार भएको सुस्पस्ट भएको छ ।
बद्री के सी लाइ एमालेका उम्मेदवार मानिन्छ यद्यपी आंफूलाइ डेमोक्रयाट (पजातन्त्रबादी) भन्नेहरू समेत यो पटक उनको पक्षमा लागेको देखिएको छ ।
गैर राजनैतिक भनिएको, हुनुपर्ने एनआरएनएको यो पक्षमा यो पटक भोली हुन गैरहेको निर्बाचनमा नेपालका प्रमुख ३ राजनैतिक दलहरूका बिचमा नै प्रतिस्पर्द्धा हुने स्थिति छर्लंग भएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- On October 18, the United States sanctioned 10 Hamas operatives and financial facilitators in response to the brutal terrorist attack on Israel. The nine men and one company were based in Gaza and the West Bank as well as Algeria, Qatar, Sudan, and Turkey. A Hamas operative based in Qatar had close ties to Iran, which has armed, trained and funded the Palestinian group since the late 1980s. The Treasury Department said that, to date, it had sanctioned “nearly 1,000 individuals and entities connected to terrorism and terrorist financing by the Iranian regime and its proxies, including Hamas.”
Secretary of State Antony Blinken emphasized that the move was “directed at Hamas terrorists and their support network, not Palestinians.” Hamas “alone is responsible for the carnage its militants have inflicted on the people of Israel, and it should immediately release all hostages in its custody,” he added.