15Oct23
(क) नेपाल
१. धनगढीमा त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको छ । गुप्ताङ्गमा लुकाएर लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले निज अनुस्कालाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले गुप्ताङ्गमा लुकाएको लागुऔषध निकालेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(ख) साउदी अरब
२. नेपाली राजदूतावास रियाधले दूतावासको सहजिकरणमा थप ५४ जना पीडित नेपालीहरूको स्वदेश फिर्तिका लागि अनिवार्य एक्जिट भिषा प्राप्त भएको जानकारी दिएको छ । दूतावासले यस अघि एक्जिट भिषा दिलाइदिनुलाइ नै “उद्धार”को संज्ञा दिने गरेकोमा आजको यो सूचनामा उद्धार भनेको छैन । आप्रबासी कामदार समाजले एक्जिट भिषा, उद्धार प्रकृयाको एक महत्वपूर्ण र अनिवार्य हिस्सा (प्रकृया) भएता पनि यही मात्रै सम्पूर्णमा उद्धार हैन, यसैलाइ नै “न्यायिक उद्धार” मान्न सकिन्न, त्यसका लागि पीडितहरूलाइ न्याय र क्षतिपूर्ति समेत दिलाउनुपर्ने हुन्छ भन्नेमा निरन्तर बहस पैरबी गर्दै आएको थियो, छ, गरिरहनेछ ।
दूतावासको सूचना (जस्ताको तस्तै:
थप ५४ जनाको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना ।
—————————————————————————————-
१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूचि बमोजिमका मानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।
३. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
४. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवार्इ टिकट खरिद गर्नुहोला ।
एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ५:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ५:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०५०००२१४०९ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
१५ अक्टोवर २०२३
(ग) मध्यपुर्ब
३ इज्राइल प्यालेस्टाइनका हमाससंगको भिषण युद्धमा होमिएपछि नेपालको वैदेशिक रोजगार बिभागले इज्राइलका लागि श्रम स्विकृति दिन तत्कालका लागि बन्द गरेकोछ । यो युद्धको बाछिटाको असर थोर बहुत, ढिलो चांडो खाडीका अन्य मुलुकहरूमा पनि पर्न सक्ने सम्भावनाले यो क्षेत्रमा वैदेशिक रोजगार गरिरहेका र आउन चाहिरहेकाहरू समेत चिन्तामा परेका छन ।
घ) अन्तराष्ट्रिय (International)
- Migrant workers from Asia are caught in the crosshairs of the Israel-Hamas war. Farmworkers and caregivers from Thailand, Nepal, the Philippines and elsewhere are among those killed and wounded in the Hamas terrorist attacks.