1Oct23
(क) नेपाल
१. बिद्युतिय अटो रिक्सा धनगढीमा बिपन्न परिवारका लागि आय आर्जनको राम्रो बिकल्प बनेको छ । “पढ्नका लागि बिहान कलेज गएर दिउँसो रिक्सा चलाएर कमाइ पनि गर्नैपर्यो”, कैलाली बहुमुखी क्याम्पस धनगढीमा स्नातक तहमा अध्ययनरत धनराज जोशीले भने, “रिक्सा चलाएर भएको आम्दानीले आफ्नो पढाइखर्चका साथै घरपरिवारलाई चाहिने खर्च जुटाउन सहज भएको छ ।” महिला रिक्सा चालक गौरी चौधरी अटो चलाएर भइरहेको आम्दानीले पैसाका लागि पहिलेको जस्तो कसैसँग हात थाप्नु नपरेको बताउँछिन् । महिलाले पुरुष सरहको काम गर्न सक्दैनन् भन्ने भनाइलाई चुनौती दिँदै कतिपय महिलाले पछिल्ला वर्षमा विद्युतीय रिक्सा चाएर कमाइ गर्न थालेका छन् । “रिक्सा चलाउन थालेपछि कसैसँग पैसाका लागि हात थाप्नु पर्दैन, दैनिक हुने कमाइले सन्तुष्टि नै छ”, उनले भनिन्, “घरको चुलोचौकामै सीमित हुनुभन्दा आम्दानी गर्न सिक्नु नै ठूलो उपलब्धि मानेर आफू यो काम गर्न थालेकी हुँ ।”
(ख) साउदी अरब
२. साउदी अरबको असिर प्रान्तको एक निजि क्लिनिकमा कार्यरत सहकर्मी फिलिपिनो नर्श प्रति अभद्र र अश्लिल ब्यवहार गर्ने सिरियन डक्टर बिरूद्ध निज नर्शले उजुरी गरेपछि अभियुक्त डक्टरलाइ ५ बर्षको जेल सजाय हुने भएको छ । गल्फ न्युजका मुताविक नर्शले दिएको उजुरीमा डक्टरले उनलाइ एक रात संगै सुत्नका लागि १ हजार साउदी रियाल दिने अफर गर्दै पठाएको मेशेजको स्क्रिन शट समेत संलग्न राखेकि थिइन ।
(ग) मध्यपुर्ब
३. नियोममा सम्पन्न साउदी अरबको क्याबिनेट बैठकले साउदी अरबको राजधानी रियाधलाइ कुवेतसंग जोडने हाइ स्पिड रेलमार्ग निर्माण गर्ने निर्णय गरेको ट्रेड अरेबियाले जनाएको छ । जिसिसीका सबै राष्ट्रहरूलाइ रेलमार्गमा जोड्ने नीति निर्णय खाडी राष्ट्रहरूले यस अघि नै गरिसकेका छन ।
घ) अन्तराष्ट्रिय (International)
- Upon extensive market research by “Invest Asian” team, it has reported as Qatar’s post-World Cup recession revealing its short-lived investment appeal and concluded with the advice – “you should stay away from Qatar’s real estate and stock markets. Foreigners wanting to invest in the Gulf region should look elsewhere.”