१ नोभेम्बर २०२१
(क) नेपाल
१. वातावरण प्रभाव अध्ययन (EIA) नगरी जथाभावी डोजरको प्रयोग गर्दा बझाङ गरिएका सडक निर्माणमा खुशी भएका स्थानिय जनताहरू बाढी पहिरो र खानेपानीका मुल नै सुक्दा रोइरहेकाछन । बांकि जिल्लाहरूले पनि यो सन्देश र सावधानी लिनुपर्ने देखिएको छ ।

(ख) साउदी अरब
२. नेपाली राजदूतवास रियाधले आगामी नोभेम्बर १२ तारिखमा दमाममा नविकृत राहदानी बितरण गर्ने भएको छ ।

३. साउदी अरबका बैंकहरूले ३ महिना अवधिका लागि मात्र पनि इकामा रिन्यु गर्ने गरी ३ महिनाकै शुल्क लिने ब्यवस्था मिलाएकाछन ।
४- साउदी अरबमा कोभिड भ्याक्सिनको दोस्रो डोज लगाएको ६ महिना कटेका १८ बर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउनेभएकाछन ।
(ग) मध्यपुर्ब
३. कतारको जनसंख्यामा बितेको १ बर्षमा ८० हजारले कमि आएको छ । कतारमै ठूला प्रोजेक्टहरू स्टेडियम, मेट्रो सम्पन्न भएपछि धेरै कम्पनीहरूले काम पाउन छोडेका छन । यसबाट नेपाली कामदारहरू पनि प्रभावित हुनथालेकाछन । कतिपय नेपालीहरू पहिले देखि नै सरकारले तोकेको न्युनतम तलब १,००० + ३०० (खाना) + ५०० (आवास) पनि पाउन नसकि सो भन्दा पनि कम पारिश्रमिक लिनुपरेको र त्यही पनि कैयन महिनादेखि पाउन नसकेकाहरूको छटपटी छिटफुट देखिन थालेको छ ।
(घ) अन्तराष्ट्रिय (International)
- Human rights monitor accuses Libyan authorities of failing to provide hundreds of Moroccan detainees with adequate healthcare, food, or clean drinking water. Libyan authorities have been accused by a European human rights monitor of holding hundreds of Moroccan migrants in inhumane conditions without legal justification for months.