Close Menu
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
Facebook X (Twitter) Instagram
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
आप्रबासी कामदार समाज (आकास) नेपाल
  • होमपेज
  • श्रमिक ऐन र कानुनहरू
  • श्रमिक सूचना र सन्देश
  • श्रमिक समाचार
  • लेख रचनाहरू
  • श्रब्य दृश्य
  • प्रबिधि-शिप
  • थप
    • संस्थाका दस्तावेजहरू
    • श्रमिक सरोकार
    • श्रमिक न्याय,उद्धार क्षतिपूर्ति
    • बिविध
    • अन्तर्वार्ता
    • सम्पादकिय
    • प्रेश बिज्ञप्ति
आप्रबासी कामदार समाज (आकास) नेपाल
Home»प्रेश बिज्ञप्ति»आ.का.स.को पहिलो बर्ष

आ.का.स.को पहिलो बर्ष

0
By harikarki on August 13, 2023 प्रेश बिज्ञप्ति, सम्पादकिय, संस्थाका दस्तावेजहरू
Share
Facebook Twitter LinkedIn Pinterest Email

आ.का.स.को पहिलो बर्ष

आज मइ १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस, हाम्रो संस्था आप्रबासी कामदार समाज स्थापना भएको दिन पनि । आजदेखि हामिले स्थापनाको १ बर्ष पूरा गरी दोस्रो बर्षमा प्रबेश गरेकाछौं । यो दिनमा उभिएर हामी बितेको १ बर्षलाइ फर्केर आत्म निरिक्षण गर्न चाहन्छौं ।

कार्य प्रगतिः

बितेको पहिलो बर्षमा हामि हाम्रो आफ्नै कार्य योजना मुताविक चल्न सकेनौं, यो सत्य हो र यसको मुल कारण पनि सबैलाइ अवगत भएकै छ । हो, कोरोना नै हो, जसले हामी सबैलाइ बितेको बर्षभरी नै घरभित्रै बस भन्यो, जरूरी काममा मात्रै बाहिर निस्क र सावधानी अपनाउ, भन्यो, हामीले त्यसै गर्यौं, अद्यापी त्यही परिस्थिति छ । तर हामी चुपचाप पनि बसेनौं ।

१. हाम्रो संस्था स्थापनाको एउटा मूल उद्येश्य नै आप्रबासी नेपाली श्रमिक समुदायमा चेतना अभिबृध्दी गर्ने, भन्ने थियो । हाम्रो मुख्य फोकस यसैमा रह्यो । हामीले स्थापना भएकै दिनदेखि आजसम्म १ दिन पनि नटुटाइ “श्रमिक सूचना र सन्देश” नामक सचेतनाको सृंखला चलायौं । वेभ साइट, युट्युव, फेसबुक सबै एकिकृत गर्दै एकसाथ उपयोग गरिएको हाम्रो सचेतना सृंखला हाम्रो आफ्नै युनिक अवधारणा र डिजाइन हो जसलाइ हरेक दिन धेरैले पढेर, हेरेर मन पराइदिनुभएको छ, हामी उत्साहित भएका छौं ।

२. हाम्रा संकलन र प्रस्तुतिमा हामी मुलतः आप्रवासी नेपाली कामदारहरूकै दैनिक जिवन, चांसो, सरोकार, चेतना र उपयोगका बिषयबस्तुहरू छानी छानी समावेश गर्ने गरेका छौं । बजारमा चल्ने, भाइरल, चर्चित, मिडियाका हेडलाइन बन्ने मुख्य बिषयबस्तु र राजनैतिक बिषय बस्तु भन्दा पनि हाम्रो खोजिमा मानव जिवनमा अधिक मूल्य र महत्व राख्ने प्रबिधी अन्वेशन, मानवाधिकार, न्याय, शान्ति, स्वास्थ्य, पर्यावरण, बिकास, राष्ट्रप्रेम, नैतिकता र सृजनशिलतालाइ हामी बढी महत्व दिनचाहन्छौं । निराशामा आशा जगाउन, अंध्यारो र भ्रम चिर्न उज्यालो छर्न अनि सबैखाले भ्रस्टाचार र अनियमितता प्रति निर्मम उजागर र प्रहार गर्न चाहन्छौं, हामीलाइ कसैको ह्वीप लाग्दैन, स्वविवेकमा स्वचालित छौं, हामीले गरेकै यहि हो ।

३. संस्थामा आवद्ध संस्थापकहरूले दैनिक कम्तिमा २ घण्टा समाजलाइ दिने प्रण गरेका थियौं, दियौं पनि । ३६५ वटा सृंखला अविरल चलाउंदा कम्तिमा ७३० घण्टा दिइसकेका छौं ।

४. असहज परिस्थितिका बावजुद पनि हामीले हाम्रो मदत माग्नुहुने पीडित आप्रबासी नेपाली कामदारहरूका लागि कलम बिहिनका कलम, आवाज बिहिनका आवाज पनि बनेका छौं । हामीले बर्षभरीमा ७ वटा पत्र लेख्यौं, यी सबै पत्रहरू कामदारहरूकै न्याय, उद्धार र सुविधाका बिषय बस्तुमा केन्द्रित थिए, जुन यसप्रकार छनः

४.१. MigWorkS/NEKSA/2020/001: गल्फ स्टिल वर्क्स जुबैल साउदी अरबमा मृत्यु भएका रास बहादुर गुरूङका बारेमा नेपाली राजदूतावास रियाधमा गरिएको पत्राचार, दूतावासबाट थप जानकारी माग

४.२. MigWorkS/NEKSA/2020/002: मृतक कामदारका बारेमा राजदूतावासले मागेका थप जानकारी, बिवरण उपलब्ध गराइएको पत्राचार

४.३. MigWorkS/NEKSA/2020/003: जुबैलमै शोषित, पीडित र अलपत्र नेपाली कामदार निकेश तामाङको न्याय, उद्धार र क्षतिपूर्ति सहित स्वदेश फिर्तिका लागि नेपाली राजदूतावासमा गरिएको पत्राचार, कामदारको उद्धार भइ स्वदेश फर्किसकेको

४.४. MigWorkS/ILO/2021/004: NRNA-ILO प्रोजेक्टमा भएका अनियमितता, प्राप्त आधार प्रमाण सहित जानकारी दिंदै ILO काठमाडौ अफिसमा गरिएको पत्राचार, कन्ट्रि डाइरेक्टरबाट स्वतन्त्र छानबिनका लागि ILO को माथिल्लो स्तरमा फर्वार्ड गरिएको जानकारी सहितको जबाफ प्राप्त

४.५. MigWorkS/DoFE/2021/005: नेपालको वैदेशिक रोजगार बिभागलाइ टोल फ्रि सेवा सुचारू राख्न र ILO प्रोजेक्टमा भएको अनियमितता छानबिन गर्नुहुन अनुरोध गरिएको पत्र

४.६. MigWorkS/NRNAKSA/2021/006: एनआरएनए साउदी अरबका अध्यक्षलाइ NRNA-ILO प्रोजेक्ट सञ्चालनमा उठेका १८ वटा प्रश्नहरूको जबाफ माग्दै गरिएको पत्राचार

४.७. MigWorkS/ILO/2021/007: NRNA-ILO प्रोजेक्टमा भएका अनियमितताहरूको उच्चस्तरिय निश्पक्ष छानबिन गर्दै सदस्य राष्ट्रहरूका कानुन र जारी निर्देशिकालाइ सपोर्ट गर्न ILO को मुख्यालय जेनेभामा गरिएको पत्राचार, संलग्न सपोर्टिङ डकुमेन्ट (कागजात) सहितको पत्र छानबिन गरिरहेको कमिटिलाइ तत्कालै फर्वार्ड गरिएको जानकारी सहितको जबाफ प्राप्त

५. उपरोक्त संस्थागत सूचना, सन्देश र पत्राचारका अतिरिक्त आ.का.स. सम्वद्ध पदाधिकारीलाइ ब्यक्तिगत तवरमा पनि फोन, मेशेज र साइबर मार्फत समस्या तथा जिज्ञासा राख्नुहुनेहरूलाइ ब्यक्तिगत तवरमै पनि यथासम्भव सम्बोधन गरिएको छ ।

गर्न नसकिएका कामहरू

१- बैठक, भेला

२- संगठन बिस्तार

अबको कार्यसूचिमा

  • सदस्यता दर्ता
  • संगठन निर्माण तथा बिस्तार
  • पीडित कामदारहरूका समस्या समाधानमा थप सहजिकरण
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरूसंग थप सम्वाद, समन्वय र सहकार्य
  • सामाजिक न्याय र सुशासनका पक्षमा बहस पैरबी
  • भ्रस्टाचार, दलाली, ठगी, अन्याय र शोषणको उजागर गर्दै र कानुनी उपचार खोज्ने
  • कामदारहरूमा पेशागत ज्ञान र शिप बिकास गर्दै बृत्ति बिकास (Career Development) मा सघाउने
  • समाजमा सहि र सत्यवादी, नैतिकवान, सदाचारी, अधिकारकर्मी, न्यायकामी बन्दै निश्वार्थ सेवा गर्ने र यिनै जगमा ब्यक्तित्व बिकास गर्नेहरूलाइ प्रोत्साहित गर्ने

यसका अतिरिक्त हामीले अरू के कसो गर्नुपर्ला? कृपया हामिलाइ तपाइहरूका अमूल्य सुझाव तथा प्रतिकृयाहरू दिनुहुन अनुरोध गर्दछौं

“संसारभरीका श्रमिकहरू एक हौं” – श्रमिक दिवसको हार्दिक शुभकामना ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous Articleश्रमिक सूचना र सन्देश – ६३५
Next Article हाम्रो अावाज अनलाइन टिभीले धरम के सी संग लिएको अन्तर्वार्ता

Related Posts

नेपालको बजेट २०७७-७८: आपबासी कामदार समाज (आकास) नेपालको समिक्षा

August 15, 2023
  • पीडितहरूको लागि आवेदन फारम
  • संस्थापक तदर्थ समितिहरू
  • सम्पर्क
  • हाम्रो बारे
© 2023 Migrant Workers Society (MigWorkS) Nepal . Designed by HK Web Services.

Type above and press Enter to search. Press Esc to cancel.