कोभिड-१९ बारे सूचना र सन्देश – २३

२३ मइ २०२०

१- नेपाल सरकारले १ रूपैया पनि खर्च गर्न नपर्ने अवस्थाका नेपालीहरूलाइ समेत बिदेशबाट स्वदेश फर्किन नदिएकोमा सर्वत्र दुख, चिन्ता र आश्चर्य छाएको छ । सरकारले खर्च गर्नुपर्ने, बजेट बिनियोजन गर्नुपर्ने, परिक्षण र क्वारेन्टाइन लगायतका ब्यवस्था मिलाउनुपर्ने अवस्थामा पनि महिनौं बितिसक्दा पनि सरकारले भारत बाहेक अन्य कुनै पनि मुलुकहरूबाट नेपालीहरूलाइ स्वदेश फर्किन दिएको छैन । यसै प्रसंगमा नेपाल एअरलाइन्सकि प्रवक्ता अर्चना खड्का भन्नुहुन्छ, “हामी त तयार नै छौं, तर सरकारको अनुमति नहुंदा सम्म हामी एउटा पनि उडान गर्न सक्दैनौं, लकडाउनकै अवधिमा हामीले ७ वटा कार्गो र ७ वटा यात्री बोकेर पनि उडान गर्यौं, यी सबै उडानहरू सरकारको स्वीकृतिमा मात्रै भएका हुन, बिदेशमा रहेका नेपालीहरूलाइ ल्याउन कि त नेपाल सरकारले नै उडान खोल्नुपर्यो, कि भने बिदेशस्थित नेपाली नियोगहरूले नै बिशेष उद्धार उडानको पहल र स्वीकृति लिनुपर्छ, नत्र हामीलाइ आगामी जुन १४ तारिखसम्म उडान गर्ने अनुमति छैन” । उता सरकारी स्रोत अझै भन्छ – “तयारी गर्दैछौं” ।

२- UAE को इमिरेट्स एअरलाइन्सले ८ वटा मुलुकहरूका ९ वटा शहरहरूमा नियमित उडानहरू शुरू गरेको छ, यी उडानहरूमा बिशेष सुरक्षा सावधानीहरू अपनाइने छन, जुन यो भिडियोमा देख्नसकिन्छः

३- भारत र नेपाल दुबै मुलुकहरूमा अहिले कोभिड-१९ को संक्रमन बढ्दो छ । दुर्इ मुलुकका बिच कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमन र वापसीको बिषय उत्कर्षमा पुगेको छ । कोरोनाकै कारण भारतमा रहेका हजारौ लाखौ नेपालीहरू पनि प्रभावित बन्दै स्वदेश फर्किने क्रम अद्यापी चलिरहेको छ, कैयन अझै सिमामै रोकिएका छन, कैयन राती राती खुल्ला सिमानाको (दुर) उपयोग गर्दै नेपाल प्रबेश गरिरहेका छन । तर भारतको हिमाञ्चल प्रदेशका पहाडहरूमा हजारौं नेपालीहरू उपरोक्त दुबै प्रकरणबाट अछुत र निस्प्रभावी रहंदै बर्षौदेखि चलिआएको काम अद्यापी गरिरहेका छन । बिशेषतः त्यहांका स्याउ खेती लगभग पूरै नेपाली कामदारहरूकै श्रम र भरोसामा चल्दै आएकाछन जसमा केही स्थाइ रूपमै ती स्याउ फार्मका मालिकहरूले बनाइदिएका आवासमै बसी फलफूलका बगैचाहरूमा काम गर्छन भने अन्य केही खासगरी मइ-जुन देखि अक्टोबर-नोभेम्बरसम्म अस्थाइ कामदारका रूपमा नेपालबाट त्यहां काम गर्न जाने गरेका छन । यो क्षेत्रमा बर्षेनी भा.रू. ३५ अर्बको स्याउको कारोबार हुन्छ, कूल राष्ट्रिय उत्पादनको ४९% स्याउ यही हिमाञ्चल प्रदेशमै फल्छन, फलाइन्छन ।

४- नेपाली सेनाका सेवा निबृत्त ब्रिगेडियर जनरल दिपक गुरूङले भन्नुभएको छ – “Nepal needs intelligent intelligence” । कालापानीमा भारतले सडक रातारात बनाएको हैन । गुगल अर्थ मै हेर्दा पनि जो कोहीले देख्न सक्ने त्यहांका भौतिक सडक निर्माण लगायतका गतिबिधिहरू प्रति देशका प्रधानमन्त्रीज्युले नै शुरूमा अनभिज्ञता प्रकट गर्नु देशकै दुर्भाग्य हो । नेपालको गुप्तचर संस्था (Intelligence) कमजोर र असक्षम हुंदा पनि यस्तो अवस्था बनेको हो । नेपाली सेनालाइ देशका धेरै महत्वपूर्ण कामहरू पटक पटक दिइएको छ र सेनाले सकेसम्म गर्दै पनि छ तर नेपाली सेनाका पनि आफ्नै सिमा र कमजोरीहरू छन । सन २००२ मा तत्काल ४५,००० को संख्यालाइ माओवादीसंग लड्नका लागि दोब्बर त बनाइयो, तर सोही अनुपातमा सेनाभित्र मेडिकल प्रोफेशनलहरू रहेनन, जो अहिले खटकिएको छ, तर पनि सेनाले प्रहरी, अन्य सरकारी संयन्त्रहरू र नागरिक समाजसंग समेतको सहकार्यमा राम्रै काम गर्दै आएको छ, वहांको नजर र समिक्षामा ।

५- अमेरिकाले गतः मइ १ तारिखदेखि नै कोभिड-१९ का संक्रमितको उपचारमा प्रयोग गर्न स्वीकृति दिएको अमेरिकामै उत्पादित औषधी Remdesivir सांच्चै लाभकारी देखिएको छ । अहिले जापानले पनि यसको प्रयोग गर्दैछ, युरोपले बिचार गर्दैछ । कोरोना संक्रमितलाइ १० दिनसम्म लगातार दिनको १ पटक सुइ मार्फत दिइने यो औषधीले बिरामीको उपचारको समयावधि घटाउंदै, मृत्युदर पनि घटाएको छ । यो अचुक औषधि भने हैन ।

६- साउदी काउन्सिल अफ इञ्जिनियर्सबाट खटिएका ३,००० जना स्वयम सेवक इञ्जिनियरहरूले साउदी सरकारले ४,५२,००० आप्रबासी कामदारहरूलाइ क्वारेन्टाइनमा राख्न साउदी अरबका बिभिन्न स्थानहरूमा ब्यवस्था गरिएका २,००० वटा भवनहरूको निरिक्षण गरी बिश्व स्वास्थ्य संघको मापदण्ड बमोजिम ९०% लाइ स्विकृति दिएका छन ।

७- मोरक्कोको जेलमा रहेका कैदीहरूले दैनिक २०,००० मास्क बनाइरहेका छन । सरकारले इच्छुक कैदिहरूलाइ तालिम, मशिन र केही ज्याला समेत दिएर मास्क उत्पादनमा लगाएको हो । मोरक्कोमा जेलभित्रै पनि ३०० जना कैदिहरूमा कोभिड-१९ को संक्रमन देखिएपछि मास्कको प्रयोग अनिवार्य बनाइयो र अन्य सावधानीहरू पनि बढाइयो । यसरी उत्पादनमुलक कार्यमा लाग्ने कैदीहरूको कैद अवधि घटाउंदै राजा मोहमद छैठौं ले गतः अप्रिलमा नै ५,६०० कैदीहरूलाइ माफी दिइ रिहा गरिसकिएको छ ।

          

Leave a Reply