कार्यकाल सिध्याउन देउ (?!) – गजल

३ जुलाइ २०२०

#गजल#

– प्रकाश सुवेदी

पर्ख न पर्ख केहिदिन घर बनाउन देउ।
लगाँउला मांया, केही रहर पलाउन देउ।

भर्खर-भर्खर प्यासी बनाउदै छ यौवनले,
अझै दुई-चार बर्ष मनलाइ तिर्खाउन देउ।

मसानघाट जान कति हतार गर्छौ प्यारा,
बर्षा सिद्दिन देउ, दाउरा सुकाउन देउ।

आउछ आमा किन न आउनु बिजुली,,,
आफ्नै सरकार हो कार्यकाल सिध्याउन देउ।

हतार हतार नहिँड, छ राहत बचाउँनु ,
पुग्नु अगावै केही लाशहरु अस्ताउन देउ।

(गजलकार साउदी अरबको किफा प्रिकास्ट कम्पनीमा ल्याब टेक्निशियनमा बैदेशिक रोजगाररत हुनुहुन्छ)

Leave a Reply