श्रमिक सूचना र सन्देश – ५५

२४ जुन २०२० – 

————————————————————

भिडियो समाचार लिंकः https://youtu.be/WLL7ny5ae2Y?t=66

 

नेपाल

१- नेपालको सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर गरेका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले भनेको छ ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ (सात) वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ? तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (प्रन्ध) दिनभित्र यस अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु …।’ स्मरण रहोस, सर्बोच्च अदालतले स्वदेश फर्किन चाहने आप्रबासी नेपालीहरूलाइ कार्यबिधी बनाइ कानुन बमोजिम स्वदेश फर्काउन पनि हालै सरकारलाइ आदेश दिएको हो, छ ।

 

साउदी अरब

२- साउदी अरबको पासपोर्ट अफिस (जवाजात)ले हाल बिदामा साउदी बाहिर रहेका र नयां आउन चाहनेहरू पनि कोभिड-१९ को महामारी समाप्त भए पश्चात मात्रै साउदी अरबमा फर्किन पाउने र यस सम्बन्धी जानकारी उचित समयमा गराइने बताएको छ ।

३-नेपाली राजदूतावास रियाधले पर्सी २६ जुन र निपर्सी २७ जुनमा हिमालय एअरलाइन्सका चार्टर उडानहरूबाट स्वदेश फर्किने पाउने प्राथमिकता सूचिमा परेका ५७० जना नेपालीहरूको नामावली सार्वजनिक गरेको छ । दमाम-काठमाडौका यी उडानहरूमा यस अघि सूचिकृत भएर कुनै कारणबस जान नपाएकाले समेत जान पाउने सूचनामा जनाइएको छ ।

मध्यपुर्ब

४- हंगकंगस्थित डिप नलेज ग्रुपको पछिल्लो अध्ययन बिश्लेषणमा बिश्वका कोभिड-१९ मा प्रथम २० सुरूक्षित मुलुकहरूको सूचीमा मध्यपुर्बबाट युएइ ११औं स्थानमा र साउदी अरब १७औं स्थानमा सूचिकृत भएका छन । यो अध्ययन समुहले बिभिन्न १३० वटा प्यारामिटरहरूको तुलनात्मक अध्ययन गर्दै तयार पारेको २५० पृष्ठ लामो प्रतिवेदनमा २० सर्बाधिक सुरक्षित मुलुकहरूलाइ Tier 1 Countries भन्दै स्विजरल्याण्डलाइ पहिलो, जर्मनीलाइ दोस्रो र इज्राइललाइ तेस्रो सुरक्षित मुलुमा राखेको छ ।

अन्तराष्ट्रिय

५- ब्राजिलको सर्बोच्च अदालतले राष्ट्रपति जाइर बोल्सोनारोलाइ बाहिर निस्किदा फेस मास्क लगाउन आदेश दिएको छ । बाहिर बेकरी र फुडस्टलतिर राष्ट्रपति बिना मास्क नै पुगेको र त्यही बेला वरिपरि अन्य मानिसहरू नजिकिएको देखिए पछि यस्तो आदेश जारी गरिएको छ । आदेश पालना नगरे राष्ट्रपतिले पनि ३९० अमेरिकी डलर जरिमाना तिर्नुपर्नेछ । ब्राजिल कोभिड-१९ बाट बिश्वमै अमेरिका पछिको दोस्रो सर्वाधिक संक्रमित मुलुक हो जहां अहिलेसम्म ११,५२,०६६ जना संक्रमित भएर ५२,७८८ को मृत्यु समेत भैसकेको छ ।

Leave a Reply