श्रमिक सूचना र सन्देश – ५३

२२ जुन २०२०

भिडियो समाचार – लिंकः https://youtu.be/NtUaq0GHPrg

 

नेपाल

१- नेपालको संघिय संसद प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले कोभिड-१९ का स्वास्थ्य सामाग्रीहरू खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । समितिका सभापति भरत कुमार शाहले खरिद प्रकरणमा अख्तियारको दुरूपयोग, अनधिकृत ब्यक्तिको संलग्नता, टेण्डर आह्वान, खारेज, स्वीकृत, अस्वीकृत गर्दा अनियमितता, महंगो मूल्यमा किनेको, मूल्यमा ठूलो फरक, सामाग्रीको गुणस्तरिय नभएको, गुणस्तर जांचै नगरी खरिद र बितरण समेत गरेको, भुक्तानीमा अनियमितता र जफत गरिएको भनिएता पनि भएको पुस्टी नभएको लगायत अनेक अनियमितता रहेको बताए ।

बोलिभियामा भेन्टिलेटर खरिदमा अनियमितता तथा भ्रस्टाचार भएको आशंकामा त्यहांका स्वास्थ्य मन्त्री मार्केलो नभाजसलाइ गिरफ्तार गरी छानबिन थालिएको छ । बोलिभियाकी अन्तरिम राष्ट्रपति जियानिन अनेजको आदेशमा स्वास्थ्य मन्त्री संगै मन्त्रालयका अन्य २ उच्च अधिकारीहरू पनि गिरफ्तार भएका छन ।

 

 

साउदी अरब

२- नेपाली राजदूतावास रियाधले आगामी २६ जुनमा रियादबाट काठमाडौका लागि हुने नेपाल एअरलाइन्सको चार्टर उडानका लागि प्राथमिकतामा परेका ५६१ जना यात्रीहरूको नामावली सहित यात्रीहरूका लागि महत्वपूर्ण जानकारीहरू उद्धृत गर्दै आज सूचना जारी गरेको छ । दूतावासको सूचना र यात्रीहरूका सूचीहरू संलग्न छन ।

 

मध्यपुर्ब

३- ओमानको मानव संशाधन मन्त्रालयले मइ महिनामा ४,४६७ जना आप्रबासी कामदारहरूका वर्क पर्मिट क्यान्सिल गरिदिन निवेदन परेको जनाएको छ, यी मध्य ४,३३२ कम्पनीका कामदार थिए भने १३५ जना निजी घरमा काम गर्ने थिए ।

अन्तराष्ट्रिय

४- हिंजो २१ जुन एकैदिनमा बिश्वभरी अहिलेसम्मकै सर्बाधिक १ लाख ८० हजार कोभिड-१९ का नयां संक्रमित भेटिएको WHO ले जनाएको छ । देशगत रूपमा ब्राजिलमा सबैभन्दा बढी ५४,७७१ जना, अमेरिकामा ३६,६१७ जना र भारतमा १५,४०० जना नयां संक्रमित रहे । हिंजोकै दिन कोरोनालाइ जित्न सफल राष्ट्रहरू मानिएको जर्मनीमा एउटै मिट प्याकिङ कम्पनीमा नै १,००० जना संक्रमित भेटिएपछि त्यसमा कार्यरत ६,५०० वर्करहरू, तिनका म्यानेजरहरू  परिवारजनलाइ समेत क्वारेन्टाइनमा राखिएको छ । दक्षिण कोरिया र चिनमा समेत फाटफुट नयां संक्रमनहरू देखिएका छन । भारतमा पछिल्लो समयमा नयां संक्रमनको संख्या अधिक र तिब्रदरमा बढ्दै बिश्वकै चौथो सर्बाधिक सक्रमित मुलुक बनिसक्दा रिकभरी रेटपनि बढेर ५५.५७% निको भएका छन । भारतमा अहिले FabiFlu नामक औषधी कोभिड-१९ का सामान्य र मध्यम (Mild & Moderate) संक्रमितहरूको उपचारमा प्रयोग शुरू गरिएको छ । भारतको Drugs Controller General of India (DCGI) बाट स्वीकृत भए पछि यसको ब्यापारिक उत्पादन र प्रयोग शुरू गरिएको हो, यद्यपी इन्फ्लुएञ्जाको उपचारमा यसको प्रयोग सन २०१४ देखि नै भारत, जापान लगायत बिश्वका अन्य मुलुकहरूमा पनि प्रयोग भएको थियो । अहिले यो औषधी सामान्य र मध्यमस्तरका संक्रमित बिरामीहरूमा युएइ र बंगलादेशमा प्रयोग भैरहेको छ, जोर्डन र इजिप्टमा स्वीकृतिको प्रकृयामा रहेको छ भने रूस, साउदी अरब र जापानमा यो औषधी ‘Part of the Treatment Protocol (उपचार बिधिको हिस्सा)’ रहेको छ ।

Leave a Reply