श्रमिक सूचना र सन्देश – ४५

१४ जुन २०२० 

————————————————————

भिडियो समाचार लिंकः https://youtu.be/AHnK32ioI-Q?t=5

 

नेपाल

——-

१- नेपालको कोभिड-१९ को महामारीलाइ सही सम्बोधन गर्न PCR टेस्टको दायरा बढाउनु जति महत्वपूर्ण छ, त्यो भन्दा पनि बढी महत्वपूर्ण स्तरिय क्वारेन्टाइनको ब्यवस्थापन हो । यो भनाइ WHO का नेपाल प्रतिनिधि डा. जोस भान्देलारको रहेको छ । उनले यो पनि भने कि क्वारेन्टाइनमा २ हप्तासम्म बस्दा कोभिड-१९ का कुनैपनि लक्षण नदेखिए ब्यक्ति पोजिटिभ नै भए पनि उनले कोरोनालाइ जितेको अवस्था हुन्छ र त्यस्तो अवस्थामा तिनले अरूलाइ रोग सार्न पनि सक्दैनन । यसैले बिश्वमा अरू धेरै मुलुकहरूले पनि अपनाइरहेको “लक्षणमा आधारित टेस्ट र उपचार”मा नेपाल पनि जांदा कम खर्चिलो हुनेभएकाले यो नेपालजस्तो बिकासोन्मुख मुलुकका लागि ब्यवहारिक र ब्यवस्थापनमा सहजता पनि आउंछ भन्ने दर्शाए ।

२- बिदेशमा रहेका नेपालीहरूलाइ स्वदेश फिर्ता जान दिन नेपाल सरकारले निर्धारण गरेका हवाइ भाडाहरूको बिरोध अद्यापी जारी छ । सरकार स्वयमले श्रम स्वीकृति दिइ पठाएका, कानुनी अधिकार सम्पन्न, मुलुकका लागि निकै महत्वपूर्ण बिप्रेशन पठाएर गुन लगाइरहेका आप्रबासी नेपाली कामदारहरूका लागि तोकिएको भाडा दर कामदारको हैन, केही एअरलाइन्सको चैं उद्धार गर्न खोजिएको रहेछ भन्ने अहिले खसी बजारको जस्तो मोल मोलाइ र घटाघटले पनि पुस्टी गर्दैछ भन्ने चर्चा छ । सरकार, यी कामदारहरूका प्रतिको जिम्मेवारी बोध गर, सम्मान र उद्धार गर्न सक्दैनौ भने पनि कमसकेम कानुनहरूको कार्यान्वयन गरिदेउ, भन्ने जनअभिमत रहेको छ ।

यसै बिच CCMC ले पुर्ब निर्णय परिमार्जन गर्दै दूतावासहरूले भाडादर स्वीकृत गराएर बिदेशी एअरलाइन्सबाट पनि नेपालीहरूलाइ स्वदेश फर्काउन सक्ने नयां निर्णय गरेको खबर छ ।

३- नेपालमा हिंजो भएको संविधान संशोधनको खबरले बिश्वका बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरूमा पनि स्थान पाएको छ, मुद्दाको अन्तराष्ट्रियकरणको यो पनि एउटा स्वरूप हो । साउदी गजेटमा प्रकाशित यस सम्बन्धि समाचारमा एउटा यस्तो ब्यानर पनि देखाइएको छ जसमा लेखिएको छ – “भ्रस्ट ती नेताहरू भने चिल्लो गाडीमा, हामी युवाहरू भने सधैं साउदी अरबको खाडीमा !! आखिर कहिले सम्म? #EnoughIsEnough”

 

साउदी अरब

—————–

४- साउदी अरबको दमामबाट ५६५ जना भारतियहरूलाइ लिएर एअर इण्डियाका २ वटा जहाज आज भारतको केरला तर्फ उडेका छन । “बन्दे भारत” नामक बिशेष उद्धारको तेस्रो चरण अन्तरगत यी बिशेष उडानहरू भइरहेका छन ।

 

मध्यपुर्ब

—————-

५- “If you really find it difficult to live overseas, we are ready to bring you home” फिलिपिन्सका परराष्ट्र मन्त्रालयका अधिकारीको आधिकारिक भनाइ हो यो । फिलिपिन्स सरकार स्वयमले ब्यवस्था मिलाएर आज राती युएइबाट सेबु प्यासिफिकको फ्लाइटबाट आफ्ना ३८२ जना फिलिपिनोहरूलाइ स्वदेश लांदैछ । उसले भाडाको कुरै गरेको छैन । महामारिका बेला आफ्ना नागरिकहरूको जिउ जोगाएर स्वदेशमा सरक्षित ल्याउने उसको पहिलो ध्येय रहेको छ । सरकारले भनेको छ – “अहिले ज्यान जोगाउनुहोस, बिदेश त फेरि पनि जानसक्नुहुने नै छ” । आसा गरौं, नेपाल सरकारका लागि पनि यो प्रकरणमा सन्देशमुलक हुनेछ ।

 

अन्तराष्ट्रिय

————-

६- बंगलादेशमा कोभिड-१९ कै कारण धार्मिक मामला राज्यमन्त्री शेख मोहमद अब्दुलाहको मृत्युभएको छ । उनलाइ बिसञ्चो भए पछि हिंजो राती नै ढाका स्थित सैनिक अस्पतालमा उपचारार्थ लगिएको थियो, उपचारकै क्रममा उनको मृत्यु भयो । मृत्यु पछि उनको स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमन (पोजिटिभ) देखिएको हो । प्रधानमन्त्री शेख हसिना क्याबिनेटका अरू २ जना मन्त्रीहरू पनि अहिले कोरोना संक्रमित भइ उपचाररत रहेका छन ।

Leave a Reply