श्रमिक सूचना र सन्देश – ८८६

29Sep22

  

(क) नेपाल

१. नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।

 

(ख) साउदी अरब

२. सुवर्ण गाँउपालीका वडा नं. ६  बारा, स्थायी घर भर्इ  साउदी अरवको Golden Chicken कम्पनीमा कार्यरत श्री शेष सफिउल्लाह, राहदानी नं. 10354942 तथा साउदी इकाम नं. २५१२३६५७३१,  मिति २०६३।०५ ।२८ गते तद्नुसार १३ सेप्टेम्बर  २०२२ देखी कम्पनी छोडी हिडेको तथा कसैको पनि सम्पर्कमा नआएको भन्ने जानकारी प्राप्त भएको छ ।  अतः निजलार्इ देख्नुहुने, भेट्नुहुने वा सम्पर्कमा हुनुहुने भानुभावहरूले तुरून्त नेपाली राजदूतावास रियादको टेलिफोन नं.: ०११-२८८३७९५ तथा निजको दाजु श्री शेख अब्दुल हवाबको सम्पर्क नं. ०५७१३९१००३  मा सम्पर्क गरी जानकारी दिनुहुन तथा निज शेष सफिउल्लाह लार्इ समेत तुरून्त आफ्नो परिवार, आफन्त वा नेपाली राजदूतावासको सम्पर्कमा आउनुहुन नेपाली राजदुतावास रियादले अनुरोध गरेको छ ।

(ग) मध्यपुर्ब

३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सदा झै बिहीबार पनि वैदेशिक राेजगारीमा जानेहरूको भिड लागेको थियो । यूएई हिँडेका पोखरा माछापुच्छ्रेका बलराज तामाङ पनि श्रीमती र तीन वर्षको छोरासँग बिदा माग्दै थिए । उनी यूएईको एक रबर कम्पनीमा रोजगारीका लागि आजै (बिहीबार) साँझ उड्दै थिए ।

उनी भन्छन्, ‘के गर्नु, दसैँ त परिवारसँगै बसेर मनाउने मन थियो नि । तर, यही बेला यूएईबाट भिसा आयो । दसैँको मुखमा विदेशिनुपर्‍यो ।’

‘छोरा राम्ररी दसैँ मनाउनू है ! दुई वर्षपछि फर्किन्छु । तिमी पनि ठूलो हुन्छौ, अनि सँगै बसेर दसैँ मनाऊँला । बाई–बाई छोरा, बाई–बाई बुढी,’ तामाङले श्रीमती र छोरासँग बिदा माग्दै भने ।

परिवारसँगको बिदाइसँगै तामाङले शिलापत्रलाई भने, ‘देशभित्रै रोजगारी पाएको भए दसैँजस्तो महान् चाडपर्वमा यसरी परिवार छाडेर विदेशिनु पर्दैनथ्यो । विदेश नगए चुलो बाल्न समस्या हुन्छ । यो बाध्यता हो ।’

तामाङ मासिक ४० हजार रुपैयाँ कमाउन साढे २ लाख रुपैयाँ तिरेर म्यानपावर कम्पनीमार्फत यूएई जाँदैछन् ।

घ) अन्तराष्ट्रिय (International)

4. Cardiovascular diseases (CVDs) are a leading cause of death globally. According to the World Health Organization, ischaemic heart disease contributed to 16 per cent of the world’s total deaths, followed by stroke and chronic obstructive pulmonary diseases in the second and third places.

In Nepal as well, CVDs are solely responsible for 26.9 per cent of the total deaths and 12.8 per cent of total disability-adjusted life years (DALYs). Among the CVDs too, ischemic heart disease is contributing 16.4 per cent to total deaths and 75 per cent to total disability-adjusted life years (DALYs).

There are 6 major reasons behind it.

  1. Use of tobacco
  2. Alcohol consumption
  3. Unhealthy diet
  4. Insufficient physical activity
  5. Irregular sleep
  6. Multitasking and overworking

Leave a Reply