श्रमिक सूचना र सन्देश – ८८४

27Sep22

 

(क) नेपाल

१. नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे जानकारी दिएका हुन् ।

 

(ख) साउदी अरब

२. साउदी अरेबियाको राहदानी महानिर्देशनालय (जवाजात) ले प्रवासीहरुलाइ आफ्नो निवास अनुमति (इकामा) मा व्यक्तिगत फोटो परिवर्तन गर्न चाहनेहरूका लागि तीन आवश्यक सर्तहरू पालना गर्नु पर्ने जनाएको छ।

जस अन्तर्गत

१.जवाजत कार्यालयमा appointment  बुक गर्ने र तोकिएको समयमा कार्यालयमा व्यक्तिगत रूपमा उपस्थिति हुने ।

२.राहदानी साथमा ल्याउने र राहदानीको फोटो हाल्सालैको हुनु पर्ने ।

३. फोटोमा टाउको नछोपिएको हुनुपर्ने  ।

 

(ग) मध्यपुर्ब

३. कुवेतका स्वास्थ्य मन्त्री डा. खालिद अल सइदले कुवेतमा अस्वस्थ खानपान तथा लाइफस्टाइलका कारण मधुमेह, कोलेस्ट्रोल र मुटुरोगी बढेको तथ्य खुलासा गरेका छन ।

 

घ) अन्तराष्ट्रिय (International)

4. Final round of FIFA World Cup ticket sales started today

FIFA says more than 2.4 million tickets were sold in the three rounds of sales so far this year.

Leave a Reply