श्रमिक सूचना र सन्देश – ८८१

24Sep22

 

(क) नेपाल

१. नेपालमा डेंगु संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिएको छ ।

डेंगुबाट कसरी बच्ने ?

घर आसपास एवं टोल छेउछाउ पानी जम्न नदिने

शरीर पूरा ढाक्ने गरी लुगा लगाउने

बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने

लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने

शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने

पानीको नाली, ढल, पोखरीमा हप्ताको दुई दिन डढेको मोबिल वा मट्टितेल छर्कने

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने

मेवाको पातको रस बनाएर दिनमा दुई/तीन पटक पिउने

 

(ख) साउदी अरब

२. साउदी अरबबाट जांदा या यहां आउंदा ६०,००० साउदी रियाल भन्दा बढी नगद या यहि मुल्यका गर गहना या सुन, चादी जस्ता बहुमुल्य सामान साथमा भए यिनलाइ यात्रा अधि नै The Zakat, Tax & Custom Authority (ZATCA) को वेभमा खुलाएर पुर्ब स्विकृति लिनुपर्ने अन्यथा एअरपोर्टमा जफत गरि कार्बाही चलाइने साउदी गजेटले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३. गन्तब्य मुलुकबाट वर्किङ भिषा र नेपालको श्रम स्वीकृति लिएर बिदेश आउने नेपाली कामदारहरू कैयनलाइ बेसिक तलबमै दैनिक १६-१७ घण्टा सम्म काम गराउने (OT पेमेन्ट नदिने), तलब नै पनि कैयन महिनासम्म नदिने, इमर्जन्सी पर्दा पनि घर जान नदिने अनि यस्ता अधिकार सम्पन्न नेपाली कामदारहरूलाइ न्याय निकास दिन सबै अधिकार र सुविधा त्यागेर साउदी अरबमा फगत एक्जिट भिषा दिलाउने र कतारमा सिर्फ फिर्ति टिकट दिने र त्यसैलाइ नै “उद्धार” भनिने, मानिने अत्यन्तै घातक (मजदुर मारा) अभ्यास पछिल्लो समयमा बढेका छन, जब कि कानुनी प्रकृयामा जांदा यस्ता पीडितले लाखौं रूपैया बराबरको क्षतिपूर्ति सहितको उद्धार पाउने प्रसस्त गुञ्जायस हुन्छ तर यसका लागि पीडित स्वयमले धैर्यता र दृढता पुर्बक स्वयमको न्यायिक उद्धारका लागि प्रतिबद्ध भएर कठोरता पुर्बक केशको टुंगो नलागुञ्जेल लगनशिल बन्नुपर्दछ । एनआरएनएको वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति (FEMWWC) ले कतारबाट परिक्षणका लागि पाइलट केशका रूपमा आज एक पीडितको केशलाइ प्रतिनिधि केशका रूपमा प्रकृयामा प्रवेश गरेको, गराइएको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

4. Turkiye will send more than 3,000 riot police to Qatar to help secure World Cup stadiums and hotels in a security operation paid for by the competition hosts but under Turkish command, a Turkish Interior Ministry source said, Reuters reports.

 

 

Leave a Reply