श्रमिक सूचना र सन्देश – ८४४

19Aug22

 

(क) नेपाल

१. जिल्ला प्रशासन कार्यालय चितवनले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

(ख) साउदी अरब

२. ‎साउदी अरबका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १२-१८ अगष्ट २०२२ सम्मको अवधिमा जम्मा – ९४ जनाको वहिर्गमन भिसा (exit visa) प्राप्त भएको छ । सूचि यसैसाथ संलग्न गरिएको छ ।

एक्जिट भिसा प्रोसेसिङका लागि- साउदी अरेबिया राजदूतावासका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोवाइल नं. ०५८ २८१ ७१८८   मा सम्पर्क गर्नसक्नु हुनेछ ।

(नेपाली राजदूतावास रियाधको सूचना)

https://www.facebook.com/100064511419646/posts/436686875158356/

 

(ग) मध्यपुर्ब

३. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् । त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ । मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ । (रातो पाटी)

 

घ) अन्तराष्ट्रिय (International)

4. India’s NHPC Ltd signed a memorandum of understanding (MOU) on Thursday allowing it to study details like feasibility, environmental effects, inundation of land and construction costs for two projects – West Seti (750 megawatts) and SR 6 (450 megawatts).

Both plants are to be located on the West Seti River in Nepal’s least-developed far western region.

China’s biggest hydropower developer, Three Gorges International Corp, was previously lined up to develop the West Seti plant, but Nepal scrapped the deal in 2017 amid haggling over the terms, officials said.

“After decades of delays we would not have plunged into another uncertainty,” chief executive officer Sushil Bhatta of the state-run Investment Board Nepal told Reuters news agency.

Leave a Reply