श्रमिक सूचना र सन्देश – ८४३

18Aug22

 

(क) नेपाल

१. नेपाल इन्भेस्टमेन्ट बैंक (NIBL) ले डलर खातामा दिइ आएको ब्याजदरलाइ हिंजो १७ अगस्त २०२२ देखि ३.५% बाट बढाएर ५% बनाएको छ । डलर खाताको ब्याजदरमा हालै गरिएका परिवर्तन (बृद्धी) यो दोस्रो हो, यस अघि यो खातामा NIBL ले ०.५% (बार्षिक) दिने गरेको थियो जुन ब्याजै नदिए जस्तै थियो । बैंकले डलर भित्राउनलाइ पछिल्लो समयमा केही आकर्षण र सुविधा थपेका छन यद्यपी डलर खातामा दिइएको ब्याजदर नेपाली रूपैयाका खातामा दिइने भन्दा अझै कम्ति नै छ । अन्तराष्ट्रिय तुलना गर्दा भने नेपालले अहिले कायम गरेको ब्याजदर धेरैजसो देशहरूले दिने हाराहारीमा पुगेको र केही देशभन्दा त बढी नै हुनपुगेको छ । डलर खाताको अर्को सुविधा भनेको यो खाता खोलेपछि पाइने इन्टरनेशनल डेबिट कार्डमा बिश्वका कुनै पनि मुलुकमा ATM बाटै एक पटकमा २ हजार अमेरीकी डलर या सो बराबरको स्थानिय मुद्रामा झिक्न पाइन्छ र यसको चार्ज ५ डलर लाग्दछ । नेपालबाट आ आफ्नो खाताको डलर बाहिर ल्याउन सहजै दिने भने ता पनि त्यो सहज अझै भै नसकेका बेला डलर खाताको कार्डबाट बिदेशमै आंफूलाइ चाहिंदा बिदेशी मुद्रामा रकम निकाल्न पाउनु उल्लेखनिय सुविधा हो । खासगरी ब्यवसाय गर्नेहरूका लागि यसको जरूरत र महत्व थियो, छ र यसलाइ सकारात्मक रूपमा लिनसक्दा यसले हुण्डीलाइ न्युनिकरण गर्न पनि मदत पुराउन सक्दछ ।  

(ख) साउदी अरब

२. ‎साउदी अरेबियको मौसम बिभाग महानिर्देशनालयले बिहीबारदेखि आइतवारसम्म धेरै ठाउँमा सम्भावित आँधीबेहरी सहित ठूलो वर्षा हुने सम्भावना रहेको  र सतर्क रहन आह्वान गरेको छ।

साउदी गजेटले जनाए बमोजिम असिर, अल-बाहा, नजरान, जाजान, मक्का, मदिना, हाइल र ताबुकका क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने र यसले गर्दा मुसलधारे पानी पर्ने सम्भावना छ।

साथै, रियाद, पूर्वी प्रान्त र कासिम क्षेत्रका केही भागहरू मध्यम वर्षा हुने सम्भावना छ ।

 

(ग) मध्यपुर्ब

३. कतारको अल बन्दारी इञ्जिनियरिङ एण्ड इलेक्ट्रो वाट कम्पनीमा कार्यरत कामदारहरूले ६ महिनादेखिको तलब नपाए पछि गतः १४ अगस्तमा बिरोध प्रदर्शन गरेका थिए । बिरोध गर्नेहरू मध्य ६० जनालाइ थुनिएको र अरू २०० जनालाइ डिपोर्ट गरिएको मिडिल इस्ट आइले लेखेको छ ।

 

घ) अन्तराष्ट्रिय (International)

4. Foreign direct investment (FDI) companies have also started using the resources of the Nepali banking sector. It has been found that FDI companies brought in Nepal due to the need for capital are operating their business by taking loans from Nepal’s banking sector. Hongsi Cement Industry, Sutlej Jal Vidyut Nigam, NCell and others are among those who use Nepal’s capital.

Leave a Reply