श्रमिक सूचना र सन्देश – ३४

३ जुन २०२० 

 

भिडियो समाचारका लागि यो लिंकमा जानुहोलाः 

——————————————————————–

नेपाल

——-

१- कोभिड १९ रोकथाम, नियन्त्रणका उपाय सहित लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसंग परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले लकडाउन लगायतका बिषयमा गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले यो छलफल थालेका हुन् ।

छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ र जनस्वास्थ्य विज्ञहरू रहेकाछन ।

२- बिश्व बैंकले नेपालका लागि रू. १२ अर्बको ऋण सहयोग स्वीकृत गरेको छ । यो रकम नेपालमा कोभिड-१९ को प्रभाव न्युनिकरण गर्न र बिद्युत बिकास गर्नका लागि भनि तोकिएको छ । नेपालले यो बर्षको बजेटमा रू. ६ अर्ब कोभिड-१९ का लागि बिनियोजन गरेको छ भने MCC को नामै नलिइकन MCC प्याकेज भित्रै पर्ने बिद्युत प्रशारण लाइनलाइ पनि बजेटमा राखेको छ । श्रींलंकाले अस्वीकार गरिसकेको MCC नेपालमा पनि गम्भिर बिवादित रहेको छ । खाना पकाउने LPG ग्यांसलाइ प्रतिस्थापन गर्ने गरी बिद्युतिय चुलाहरू या बिद्युत महशूलमा सहुलियत दिनुपर्ने र पेट्रोलियम फ्युललाइ प्रतिस्थापन गर्नेगरी बिद्युतिय बाहनहरूको प्रयोगलाइ प्रोत्साहित गर्नुपर्ने आम जनअपेक्षा बिपरित सरकारले बजेट ल्याएकाले मौजुदा सरकारकै कतिपय समर्थकहरूमा समेत एक प्रकारको असन्तुस्टी र निराशा छाएको छ ।

 

साउदी अरब

—————–

३- साउदी अरबको जुबैलमा बिञ्जागर कम्पनीमा कार्यरत एक जना नेपाली ड्राइभरको हिंजो भएको एक गम्भिर सडक दुर्घटनाका कारण मृत्यु भएको छ र अर्का एक नेपाली गम्भिर घाइते भएका छन । आप्रबासी कामदार समाज नेपाल यो खबरले स्तब्ध हुंदै मृत्यु बारेमा नेपाली दूतावास रियादलाइ जानकारी गराउंदै घाइतेको उपचारमा ख्याल गरिदिन अनुरोध गरेको छ।

४- साउदी अरबको रियादमा भत्काएका निर्माण संरचनाहरूबाट प्राप्त तथा अन्य खेर गएका निर्माण सामाग्रीहरूलाइ अत्याधुनिक प्रबिधिको प्रयोग गर्दै पुनः प्रशोधन (Recycle) गर्न १३ लाख बर्ग मिटर क्षेत्रमा फैलिएको बिशाल सुबिधास्थल भएको पब्लिक इन्भेस्टमेन्ट कम्पनी आगामी जुलाइ २०२० देखि सञ्चालनमा आउने भएको छ । फोहर तथा खेर फालिएका सामाग्रीहरूबाट यो प्रशोधन केन्द्रमा प्रशोधन गरी ९०% सामाग्रीहरूलाइ पुनः प्रयोगमा ल्याइने भएको छ । फोहर प्रशोधन गर्दै साधन स्रोतको पुनर्उपयोग गर्दै वातावरण प्रदुशनमा समेत सुधार गर्न थालिएको यस प्रकारको यो पहिलो स्टेप भएको र अरू धेरै सुविधाहरू पनि क्रमशः थपिदै जाने योजनाको खुलासा समेत गरिएको छ ।

 

मध्यपुर्ब

———-

५- कुवेतको अलजजिरा एअरलाइन्सले माहामारीका बेला फ्रन्टलाइनमा काम गरेका ५०,००० जना कामदारहरूलाइ कदर तथा उपहार स्वरूप हवाइ टिकट (राउण्ड ट्रिप) निशुल्क उपलब्ध गराउने भएको छ । सरकारको सिफारिस र सूचीमा परेपछि पाइने यी फ्रि टिकटहरू आगामी २०२१ को अन्तसम्म प्रयोग गर्न सकिनेछ ।

 

अन्तराष्ट्रिय

————-

६- अमेरिकाले इरानी प्रोफेशर साइरस असगारीलाइ जेलमुक्त गर्दै इरान फर्किन दिएको छ । असगारी माथि अमेरिकी जलसेनाको एउटा रिशर्च परियोजनाको ट्रेड सेक्रेट चोरी गरेको आरोप थियो । जेलमा रहेकै बेला हालै असगारी कोरोनो संक्रमित पनि बनेका थिए, तर पछि निको भएपछि उनलाइ रिहा गरियो । गतः बर्ष इरानले पनि अमेरिकी नागरिक Xiyue Wang लाइ जेलमुक्त गर्दै अमेरिका फर्किन दिएको थियो, यी अमेरिकी माथि इरानले जासुसी गरेको आरोप लगाएको थियो ।

 

 

Leave a Reply