श्रमिक सूचना र सन्देश – ५८८

6Dec21

 

(क) नेपाल

१. ओमिक्रोन भाइरसका संक्रमित नेपालमा समेत भेटिएकाछन, हिंजो मंशिर १९ गते ६६ बर्षिय १ जना बिदेशी र उनको सम्पर्कमा आएका ७१ बर्षिय अर्का नेपाली ओमिक्रोन संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(ख) साउदी अरब

२. साउदी अरबको भ्रस्टाचार नियन्त्रक निकाय नजाहाले बितेको एक महिनामै ६,४५९ केश निरिक्षण गरेर ६५७ जनालाइ दोशी पाएको छ, ती मध्य २५० जनालाइ पक्राउ गरी जेल हालेको छ । पक्राउ पर्नेमा अधिकांश साउदी सरकारको रक्षा, गृह, स्वास्थ्य, शिक्षा, न्याय, भौतिक निर्माण तथा शहरी बिकास मन्त्रालयका कर्मचारीहरू रहेको साउदी गजेटले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३. NRNA अत्यन्तै लज्जास्पद, बिवादस्पद र संकटको अवस्थामा देखिएको छ । म्याद गुज्रिएका काम चलाउ अध्यक्ष स्वयमले घोषणा गरेको बिवादित निर्वाचनको आचार संहिताको गम्भिर उलंघन गर्दै आज डिसेम्बर ६ तारिखमा निर्वाचन समितिले मतदाताहरूको प्रारम्भिक सूची प्रकाशन गर्नुपर्ने दिनमा बिहानै अध्यक्षले केही ठूला एनसिसीहरूलाइ डेलिगेट्सहरू परिवर्तन गरी २ दिनभित्रमा नयां सूची पठाउन पत्राचार गरेकाछन । कुरोको चुरो र चुनावलाइ आफ्नो पक्षमा पार्ने मुख्य चावी डेलिगेट्स नै रहेकाले सबै शक्ति, धांधली, चलखेल र दाउपेज डेलिगेट्स परिवर्तनमै केन्द्रित रहेको छ । यसैका लागि हाल आंफूसंग नरहेको अख्तियार समेत बिधान बिपरित लिंदै अध्यक्षले यो नांगो नाच देखाएकाछन, जसले उनि स्वयमको इज्जत, प्रतिष्ठा र बिश्वसनियतामा गम्भिर आंच ल्याउने देखिन्छ ।

(घ) अन्तराष्ट्रिय (International)

  1. The recruitment of Filipino domestic workers has been suspended in Saudi Arabia following a decision taken by the Ministry of Labor of the Philippines, Saudi media reported. The media quoted sources as saying that the recruitment offices had received a letter from the Philippines embassy last week informing them that it will not receive any new applications for the recruitment of domestic workers from the Philippines.

The embassy noted that the suspension was due to new regulations issued by the Ministry of Labour governing the contractual relationship between Filipino domestic workers and their foreign employers.

The total cost of hiring a Filipino domestic worker ranges between SR20,000 and SR23,000, including tax, and Musaned charges amounting to 2.4 per cent as administrative fees of the value of the contract.

Leave a Reply