श्रमिक सूचना र सन्देश – ५८४

2Dec21

 

(क) नेपाल

१. नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल काठमाडौमा बिदेशबाट फर्किनेले ल्याएका सुन बरामद गर्ने क्रम जारी रहेको छ । ३ दिनमै ४८ केजी सुन बरामद गरियो, जसमध्य २९ केजी चैं भञ्सार तिरेर लगेको शिलापत्रले जनाएको छ । यसबाट भञ्सार बिभागले ३ दिनमै यहि सुनबाट रू. २ करोड ६३ लाख राजश्व असुल गरेको छ । पहिलो धेरैले सुनका बाला लिएर आएको पछि बेरूवा औठी, सिक्रि र ब्रासलेट बनाएर ल्याउने बढेपनि ती सबैलाइ कांचो सुन नै मान्दै भञ्सार नतिरि लान दिइएन ।

(ख) साउदी अरब

२. अरब क्षेत्रमा ५२.१% ले तोकिएको न्युनतम पारिश्रमिक नपाएकोमा ILO ले ध्यानाकर्षण गराएको छ । साउदी अरबमा निताकतमा गणना गर्न कम्तिमा ४,००० रियाल मासिक तलब दिनुपर्ने नियम भए पनि निजि क्षेत्रमा कार्यरत कामदार मध्य ८३% कामदारले सरकारले तोकेको न्युनतम भन्दा कमै तलबमा काम गरिरहेको तथ्यांक समेत ILO ले उजागर गरेको छ ।

Graph 1: Share of workers employed in countries w/out a minimum wage, by region.

 

(ग) मध्यपुर्ब

३. कतारले भारत निर्मित कोभिड भ्याक्सिन कोभ्याक्सिनलाइ पनि सशर्त मान्यताप्राप्त भ्याक्सिनको सूचीमा थपेको छ । शर्त चैं यो भ्याक्सिन लगाएकाले कतार आउनु अघि एण्टिबडी टेस्ट गराएको हुनुपर्ने छ । दोस्रो डोज लगाएको मितिले १४ दिन कटेपछि मात्रै इम्युन मानिने र कतार प्रबेश गर्न पाउने उल्लेखित छ ।

(घ) अन्तराष्ट्रिय (International)

  1. After a case of Omicron Covid 19 Variant detected in Saudi Arabia, the cases have also been detected in UAE & India too.

Leave a Reply