श्रमिक सूचना र सन्देश – ५७६

24Nov21

 

(क) नेपाल

१. चितवनको कुरिनटारमा बिद्युतिय बाहनहरू रिचार्ज गर्न चार्जिङ स्टेशन गतः आइतबारदेखि सञ्चालनमा आएको छ । निजि क्षेत्रले सञ्चालन गरेको बिद्युतिय चार्जिङ स्टेशन यो दोस्रो हो, पहिलो काठमाडौ-सिन्धुली सेक्टरको बिपी राजमार्गमा प्रयोग भैरहेको छ । सरकारले पनि देशैभरी यहि बर्षमा नै ५०० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष राखेको जनाइएको छ ।

(ख) साउदी अरब

२. बिश्वके टप टेन मोबाइल एप निर्माता कम्पनीहरू सन २०२२ देखि साउदी अरबमा उपलब्ध हुनेभएकाछन । यो बिजनेस निरन्तर बढ्दो छ, यो बर्ष १३% ले बृद्धी भएर ३२ मिलियन डलरको एप कारोबार भएको आउटलुकले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३. कतारमा श्रमिकहरूको अवस्था बारे चांसो राखेर खोजमुलक लेखहरू छापिरहने बेलायतको द गार्जियन मिडियाले अहिले कतारमा श्रमिकहरूको अवस्थामा सुधार आएको उजागर गरिएको छ । सेप्टेम्बर २०२० मा कतार सरकारले श्रम सुधार नीति र निर्णय कार्यान्वयनमा ल्याए उपरान्त ४ लाख कामदारले न्युनतम तलब सुविधा पाएको, २ लाख ४० हजार रोजगारदाता चेञ्ज गर्न पाएको, ९६% कामदारहरू Wage Protection System (WPS) बाट सुरक्षित र लाभान्वित भएको र एक्जिट पर्मिट सिस्टम खारेज गरिएपछि लाखौंले स्वेच्छामा घर फर्किन पाएको उल्लेख गरिएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

  1. Security forces in Qatar detained two journalists from Norwegian state television for over 30 hours and deleted footage they gathered at a migrant labour camp, agencies have reported.

Qatar’s government accused NRK journalists Halvor Ekeland and Lokman Ghorbani of “trespassing on private property and filming without a permit” as the two returned early Wednesday to Norway following their arrest.

Norwegian Prime Minister Jonas Gahr Stoere responded by saying their arrest was “unacceptable”.

Leave a Reply