श्रमिक सूचना र सन्देश – ५७५

23Nov21

 

(क) नेपाल

१. बिगतमा हामीले प्रबासमा “एनआरएनएलाइ नेपाल सरकारले बिधिवत दर्ता गरिदिएको सरकारी मान्यताप्राप्त संस्था हो, हाम्रो लाइन मिनिस्ट्री परराष्ट्र मन्त्रालय हो र यसले बिदेशमा समेत प्रत्येक दूतावासहरूमा एनआरएनएसंग सहकार्य र सहजिकरणका लागि फोकल प्वाइन्ट तोकिदिएको छ” भनी बडो गर्वका साथ यसको प्रचार गर्थ्यौं, महिमा गाउंथ्यौं तर अहिले नेपालको परराष्ट्र मन्त्रालय र NRNA को कामचलाउ आइसिसीका बिच ३६ को आंकडा देखिएको छ । परराष्ट्रले पछिल्लो पत्रमा २०१९-२१ को कार्यसमितिको कार्यकाल सकिएकाले दुरगामी महत्वका कुनै काम नगर्न, ६५% डेलिगेटहरू पनि बर्तमान NCCs लाइ छान्न दिन र नयां निर्वाचन गर्दै संकटमा परेको एनआरएनएलाइ संरक्षण गर्न संरक्षक परिषदलाइ जिम्मा दिएको छ भने यता कुमार पन्त नेतृत्वको ICC ले परराष्ट्रको उक्त पत्र पाएर पनि त्यसको अवज्ञा र अपमान गर्दै निर्वाचनको नयां मिति घोषणा गरेर परराष्ट्रका बिरूद्ध मुद्दा लड्ने जनाएका छन, अर्थात हिंजोका दिनमा सरकारी मान्यतामा गर्व गर्ने एनआरएनए अब सरकार बिरूद्ध अदालत जाने भएको छ । जबकि एनसिसीहरूले चैं यस अघि नै अलग्गै भेला गरी फरक निर्णय गरेका हुन, अहिले पनि ती केहीले परराष्ट्रको समर्थनमा विज्ञप्ती नै निकालेका छन । सरकार बिरूद्ध मुद्दा लड्छौ भन्ने एनआरएनए स्वयम चैं वास्तवमा यतिबेला भ्रस्टाचार, अनियमितता, अबैध, धांधली र अनेक अनैतिक कार्य गर्दै स्वयम दलदलको धरापमा भासिएको छ । साउदी अरबमा सार्वजनिक गरिनै पर्ने १३ वटा (६ वटा एलसिसीहरूका, ६ वटा आरसिसीहरूका र १ वटा एनसिसीको) मतदाता सूची प्रकाशन नगर्नु नै त्यस्तो अचुक र प्रतिनिधि कसी हो, जसमा जांच्दा र नसच्याउंदा बर्तमान एनआरएनए गर्ल्याम गुर्लुम ढल्नसक्छ ।

(ख) साउदी अरब

२. साउदी अरबको जेद्धा पोर्टमा पाइपहरूमा लुकाइ ल्याइएका अल्कोहलका ३,६१२ बोतल बरामद गरिएका छन । साउदी अरबमा मदिराको उत्पादन, आयात, बिक्री बितरण र सेवन सबै प्रतिबन्धित छन, यस्तो गर्नेलाइ कडा कार्बाही हुन्छ ।

https://twitter.com/i/status/1461641354505867270

 

(ग) मध्यपुर्ब

३. युएइले कानुनको पालना नगरी घरेलु कामदार ल्याइरहेका ८४  वटा कम्पनीहरू बन्द गरी कार्बाही चलाएको छ । यस्ता कामदार चाहिने युएइका घर मालिकहरूलाइ अब युएइमा बैध तवरमा चलेका बांकि ६२ वटा कम्पनीहरूबाट मात्रै कामदार लिन निर्देशन समेत दिएको छ ।

 

 (घ) अन्तराष्ट्रिय (International)

  1. The Nepalese Student Association (NSA) has received the first prize of 300 US dollars at the International Food Fair organized by the University of Texas at El Paso. According to Shankar Poudel, a Ph.D. student of the university, NSA cooked and served Chicken Momo (dumplings), Veggie……, news revealed by DC Nepal.

Leave a Reply