श्रमिक सूचना र सन्देश – ५७४

22Nov21

 

(क) नेपाल

१. एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिन बिदेशबाट करिब ३ दर्जन जति ग्रिन कार्ड र पिआर होल्डरहरू जांदैछन । शिलापत्रमा नेपाली नागरिकता त्यागिसकेका यी कतिको सहभागितालाइ नेपालको राष्ट्रिय सुरक्षा र संवेदनशिलतासंग जोडेर लेखाजोखा गरिएको छ । यी मध्य कति एनआरएनएका पदाधिकारी पनि छन, जो एक गैर राजनैतिक संस्था हो भनेर मानिन्थ्यो र दस्तावेजमा अद्यापी गैर राजनैतिक नै रहिरहेपनि अब त्यो इतिहासको कालखण्डमा सिमित रही बर्तमान राजनीतिले नै रंगिन, क्षत बिक्षत, बिभक्त र बिरक्त बनेको छ ।

(ख) साउदी अरब

२. नेपाली राजदूतावास रियाधले अगामी शुक्रबार २६ नोभेम्बरमा सकाकामा पासपोर्ट नविकरणका लागि नयां आवेदन लिनेगरी स्थलगत सेवा शिविर सञ्चालन गर्नेभएको छ ।

(ग) मध्यपुर्ब

३. रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । नेपाल सरकारले नै सिधै वैदेशिक रोजगारमा पठाउन लागेका यी कामदारहरूबाट सरकार स्वयमले जनही रू. १ लाख ६५ हजार ७ सय असुल गरेको छ । खाडीकै अन्य अरब राष्ट्रहरूमा सबै खर्च रोजगारदाताले नै ब्यहोर्नुपर्छ र पठाउने एजेन्सीले रू. १० हजार मात्रै लिएर पठाउनुपर्छ भन्ने मात्रै हैन सरकारी नीति र निर्णय गरेको नेपाल सरकारसंग यो बिसंगतिलाइ नैतिक र तथ्यगत रूपमा पुस्टी गर्नसक्ने कुनै आधार छैनन, तथापी यो क्रम निर्बाध चलिनैरहेको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

  1. As Diabetes is spreading even in young people alarmingly more in developing countries like Nepal which ultimately impacts adversely in the national economy, Doctors have advised for awareness campaign & some sort of enforcement to increase physical exercise, low sugary & fibrous foods also among the young population.

Leave a Reply