श्रमिक सूचना र सन्देश – ५७३

21Nov21

 

(क) नेपाल

१. नेपालमा हाल चलिरहेको राष्ट्रिय जनगणनाको निर्धारित अवधिको ४ दिन बांकि रहंदा करिब ८०% जनगणना भैसकेको जनाइएको छ । यस पटक आप्रबासी नेपालीहरू पनि परिवारजन मार्फत जनगणना फारममा समेटिने र विदेशमा जसरी आएको भएता पनि जुनसुकै हैसियतमा रहेको भएता पनि जन गणना फारमभित्र देखिने, भेटिने, समेटिने गुञ्जायस रहेको थियो, छ । यो जनगणनामा नेपालकै भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि त्यहां रहेकाहरूको जनगणना गरिने अपेक्षा रहेको भएता पनि ब्यवहारमा त्यसो हुने सम्भावना अहिलेसम्म देखिएको छैन तर गणकहरू भौगोलिक बिकटता छिचोल्दै कालापानीकै छेउंको बस्ती दार्चुलाको छाङ्ररूमा भने पुगेर जनगणना गरेका छन । गणकहरू भिर पखेरामा झुण्डिदै छाङ्ररू पुगेका हुन ।

(ख) साउदी अरब

२. साउदी अरबले ज्ञानमा आधारित अर्थतन्त्र बिकास गर्ने लक्षका साथ बिदेशी बिज्ञ र उच्च दक्ष ब्यक्तित्वहरूलाइ साउदी अरबको नागरिकता नै दिएर सम्मान गर्ने नयां नीति र निर्णय बमोजिम त्यस्ता ब्यक्तित्वहरूको पहिचान र प्रकृयामा लगेर नागरिकता दिन थालिसकेको SPA ले जनाएको छ ।

(ग) मध्यपुर्ब

३. वैदेशिक रोजगार बोर्डले बोर्डबाट पाइने सहायता जिल्लाबाटै कसरी लिनसकिन्छ भन्ने पर्चा तथा भिडियो बनाइ जानकारी गराएको छ ।

 (घ) अन्तराष्ट्रिय (International)

  1. System of rice intensification (SRI) which is a farming methodology aimed at increasing the yield of rice developed in 1983 by Henri de Laulanié in Madagascar is now adaptation in several parts of Nepal. The SRI is a low-water, labour-intensive method that uses younger seedlings, singly-spaced and typically hand-weeded, with special tools.

Using this technique, farmers in various parts of Nepal have been planting paddy and have found visible differences compared to the traditional style. However, despite its success, this method is still not used all over, Nepal which, during a time of water crisis, could be very beneficial.

Leave a Reply