श्रमिक सूचना र सन्देश – ५४२

२१ अक्टोबर २०२१ 

(क)   नेपाल

१-    आन्तरिक पर्यटकहरूले नै म्याग्दीका होटलहरू अचेल भरिभराउ हुनेगरेकाछन । दशैं पछि बिशेषतः म्याग्दी मुस्ताङ घुम्न जाने बढेपछि यो होटलहरूमा यो चाप देखिएको हो। चाप खेप्न नसकी कतिलाइ बागलुङ, कुस्मा स्थानान्तर पनि गर्नुपरेको होटल ब्यवसायीले बताए । त्यसक्षेत्रका होटल ब्यवसायीहरूका लागि २ बर्ष पछि मिलेको ब्यवशायिक खुशी ह ।

(ख) साउदी अरब

२- साउदी आरामकोको शेयर बिश्वभरी बिक्रिभएपछि एकतरहमा यो अन्तराष्ट्रिय कम्पनी भएको छ । हालै भएको यसका बोर्डको चुनावमा बिश्वभरीका शेयर होल्डरहरूले मतदान गरेकाछन । भारतको रिलायन्सका शेयर होल्डरहरूले चेयरम्यानमा यासिर अल रूमायानलाइ समर्थन गरेकाछन । साउदी अरबले भारतको Oil to Chemical (O2C) कम्पनीमा पनि लगानी गर्दै शेयर होल्डर बनेका खबर इण्डिया टाइम्समा लेखिएकाछन ।

(ग) मध्यपुर्ब

३- कतारका अमिरले सबै आप्रबासी र भिजिटरहरूको समेत अनिवार्य स्वास्थ्य बिमा गर्नैपर्ने नियम जारी गरेका छन । यो नियम आगामी ६ महिनाभित्र कार्यान्वयनमा आउनेछ र यसले कामदारहरूको स्वास्थ्य सुविधा सुधार्ने र बिमा कम्पनी तथा स्वास्थ्य सेवा प्रदायकहरूको स्वास्थ्य सेवाको बिजनेस पनि बढाउने अपेक्षा गरिएको छ द दोहा ग्लोबले जनाएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Myanmar’s military government has freed hundreds of political prisoners from the notorious Insein prison, including Aung San Suu Kyi’s party spokesman and a famous comedian Zarganar, local media reported.

Minutes after military ruler Min Aung Hlaing’s speech on Monday, state television announced more than 5,600 people arrested or wanted over their roles in anti-coup protests would be freed in an amnesty on humanitarian grounds.

Leave a Reply