श्रमिक सूचना र सन्देश – ५४०

 

१९ अक्टोबर २०२१

(क) नेपाल

१- एनआरएनए आइसिसीको २ बर्षे कार्यकाल बिधानतः हिंजो १८ अक्टोबरमा समाप्त भएको छ । पुर्ब अध्यक्ष देबमान हिराचनले २०१९-२१ को कार्यसमितिले बिधानले निर्दिस्ट गरेको समयमा अधिवेशन र निर्वाचन दुबै गर्न नसकेकाले यो असफल भयो र अब यसैले पनि यसले फेरी नेतृत्वमा जानुहुदैन भनेकाछन । नेपाल प्लसलाइ दिएको अन्तरवार्तामा हिराचनले भने संरक्षक समितिले एनआरएनए भंग गर्छ कि भन्ने आशंका पनि बेकार हो । किनभने संरक्षक परिषद पूर्व अध्यक्षहरुको टोली हो । एनआरएनएको संस्थागत माया, चासो रगत रगत, नशा नशामा बगेको छ हाम्रो । दिनरात एनआरएनएकै चिन्ता छ । संरक्षक परिषद किन राखेको त ? कुनै समस्या आउला भनेर न हो । गैर आवाशीय नेपाली संघको विधानको अनुसूची-१ को (४) मा स्पष्ठ लेखेको छ, कुनैपनि समस्या आइपरेमा संरक्षक परिषदबाट समाधान गर्ने भनेर । हामीसित सल्लाहनै नगरि अरु बाटो जान्छ भने त सोच्नुपर्छ कि संरक्षक परिषदभन्दा माथि को छ ? कि बुद्द भगवान कि त पशुपतीनाथ भगवान होला अरु त को छ र ?

उनले यो पनि भने कि संस्थामा ‘यस मेन’ मात्रै बनाउने, खोज्ने होइन कि ‘नो मेन’ वा आलोचना गर्नेपनि चाहियो । जोपनि ताली बजाउने मात्रै खोज्यो भने संस्था भित्र भित्र कुहिएर जान्छ । पहिलेनै यो समस्या समाधान गरेको भए अहिले यो अवस्थानै आउने थिएन । दुई तिन महिना अघि मात्रै गरेको भएपनि यो सबै समस्या हामीले समाधान गर्न सक्थ्यौं । म फेरिपनि भन्छु, परराष्ट्र मन्त्रालयले गरेको पत्राचारलाई हस्तक्षेप भन्नै मिल्दैन । एनआरएनएको बिधानमै परराष्ट्रले दस्तखत, छाप लगाएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयको पुर्बी प्रान्तिय कार्यालयले सेप्टेम्बर २०२१ मा आप्रबासी कामदारहरूका १,७९६ वटा मुद्दामा फैसला गर्दै २ करोड २५ लाख ५४ हजार २२५ साउदी रियाल पीडित कामदारहरूलाइ उनिहरूले पाउनुपर्ने र निवेदनमा मागेको तलब, सुविधा तथा क्षतिपूर्ति दिलाएको रियाध डेलीले जनाएको छ । दुर्भाग्यबस, यसरी निवेदन दिएर यो क्षतिपूर्ति लिनेमा नेपालीहरूको संख्या नगन्य रहेको छ । मन्त्रालयले भनेको छ साउदी अरबमा श्रम कानुन बमोजिम कामदारलाइ न्याय र सुविधा दिलाउन मन्त्रालय हमेशा तयार छ ।

(ग) मध्यपुर्ब

३- कतारमा १३ जना मन्त्रीहरू परिवर्तन गर्दै मन्त्रीपरिषदको पुनर्गठन गरिएको छ । द दोहा ग्लोबका मुताविक नव नियुक्त मन्त्रीहरूमा २ जना महिला पनि परेकाछन र यी २ मध्य १ लाइ शिक्षा मन्त्री र अर्कीलाइ परिवार तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । हालै भएको सुरा काउन्सिलको निर्वाचनमा प्रतिस्पर्द्धा गरेका सबै महिला उम्मेदवारहरूले पराजय ब्यहोरेपनि पुनर्गठित मन्त्रीपरिषदमा सम्मानजनक स्थान दिइएको छ, यस अघि १ जना मात्रै महिला मन्त्री रहेकोमा अब ३ जना महिला कतारको मन्त्रिपरिषदमा पुगेका छन ।

(घ) अन्तराष्ट्रिय (International)

4- WHO and Qatar, working with FIFA, will undertake joint activities to place the promotion of healthy lives, health security and physical and mental wellbeing at the heart of world football’s pinnacle event to be held from 21 November to 18 December, 2022.

Leave a Reply