श्रमिक सूचना र सन्देश – ५३९

 

१८ अक्टोबर २०२१

(क) नेपाल

१- नेपालमा अहिले “हनि ट्रयाप” को धन्दा चलेको छ । यो धन्दामा युवति (बिवाहित महिला समेत)ले पर पुरूषलाइ यौन शोषणमा पार्दै, ब्ल्याकमेल गर्दै रकम असुली गर्दछन । रातोपाटीमा प्रकाशित समाचारमा यस्तै एक युवति दीपा थापा (परिवर्तित नाम)को धन्धा खुलाइएको छ । २७-२८ बर्षकि यी महिलाले ८ वटा फेसबुक आइडी प्रयोग गर्दै काठमाडौभित्र १८ ठाउंमा डेरा सार्दै यो धन्धा गरिन । देखिने र बैध आयस्रोत केही नभएकी यिनी अति उच्च धनाढ्यको जस्तो बिलासी जिवनशैलीमा देखिन्छिन ।

(ख) साउदी अरब

२- आप्रबासी कामदारका हक हितका लागि फिलिपिन्सको सरकार कति संवेदनशिल र जागरूक छ भन्ने पटक पटक देखिएको छ । यतिबेला फिलिपिन्सको श्रम तथा रोजगार बिभाग (DOLE) ले साउदी अरबमा काम गरेका ९,००० फिलिपिनोले तिनका रोजगारदाता कम्पनीबाट पाउनुपर्ने तलब सुविधा नपाएपछि बिभागले यसबारेमा साउदी अरब सरकारसंग सर्वोच्च स्तरमै पहल गर्नका लागि राष्ट्रपतिलाइ निवेदन गरेको छ । हजारौं नेपालीहरू पनि साउदी अरबबाट तलब नपाइकनै फर्किए तर तिनको लेखाजोखा समेत कहीं कसैले गरेनन, राखेनन, चुपचाप गए, पठाइए, श्रमिक हक हितको पहरेदार मानिएको ILO कै कोष समेत यसरी हक हितको हनन गर्दै चुपचाप तलब सुविधाको कुनै लेखाजोखा नै नराखी पठाउन (दुर)उपयोग गरियो, जुन निकै दुर्भाग्यपुर्ण रह्यो ।

(ग) मध्यपुर्ब

३- दुबइ इन्टरनेट सिटी (DIC) को फ्रिजोन, जहां हाल १,६०० कम्पनीका २५,००० ले काम गरिरहेकाछन, थप बिस्तार भइ थप १५,००० ले रोजगारी पाउने जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Oil prices hit their highest in years on Monday as demand continues its recovery from the Covid-19 pandemic, boosted by more custom from power generators turning away from expensive gas and coal to fuel oil and diesel.

Brent crude oil futures rose 87 cents, or 1 per cent, to $85.73 a barrel, the highest price since October 2018.

Leave a Reply