श्रमिक सूचना र सन्देश – ५३८

१७ अक्टोबर २०२१

(क) नेपाल

१- नेपाल र भारतका बिच हुंदै आएको ब्यापारमा नेपालले बर्षेनी ब्यहोर्ने खर्बौ रूपैयाका घाटा कम गर्ने नेपालबाट भारततर्फ हुंदै आएको खानेतेलको निर्यातको उल्लेख्य योगदान रहेको छ । यो बर्ष भारतले खाने तेलको आयात महसूल घटाएपछि नेपालको यो निर्यात बढ्ने संकेत छन । गतः बर्ष कुल रू. ५३ अर्बको निर्यात भएकोमा चालु आ.व.को पहिलो २ महिनामै रू. २० अर्बको निर्यात भएपछि यो शुभ संकेत देखिएको हो ।

(ख) साउदी अरब

२- साउदी अरबको नागरिक उड्डयन प्राधिकरण GACA ले आज १७ अक्टोबरदेखि साउदी अरबका सबै एअरपोर्टहरू पूर्ण क्षमतामा उडान सञ्चालन गर्ने जनाएको छ । यात्रीहरूको भ्याक्सिनको रेकर्ड Tawakkalna एपमा चेक गरिनेछ । साथै कोभिड संक्रमन अवधिमा रद्ध भएका उडान तथा रद्ध भएका तिनका टिकटहरूका लागि यात्रीले चाहे बमोजिम बिना कुनै अतिरिक्त चार्जमा डेट चेञ्ज या फुल रिफण्ड दिनसमेत अर्को सर्कुलर जारी गरेको छ ।

३- नेपाली राजदूतावास रियाधले अनलाइन श्रम स्वीकृति नविकरण गर्नेबारे एक जानकारी मुलुक सूचना जारी गरेको छ ।

(ग) मध्यपुर्ब

४- NRNA-ICC को मौजुदा कार्यसमितिको हिंजो शनिबार राती बसेको बैठकमा चिनका आइसिसी सदस्य नबिन बिकले धांधली गर्ने सबै एनसिसीका तत्कालिन अध्यक्ष, महासचिव, निर्बाचन आयुक्तमा खटिएका सम्पूर्णलाइ कम्तिमा पनि २ कार्यकाल साधारण सदस्य समेत नरहने गरी कार्बाहि गर्न माग गरेकाछन । बिधानको धज्जी उडाउंदै धांधलीको सबैभन्दा नांगो नाच साउदी अरबमै मञ्चन गरिएको थियो जहां मतदाता सूची नै सार्वजनिक नगरी बिभिन्न अधिवेशनहरू गरिए, फरक मत राख्नेलाइ रोक्न कहिले निर्वाचित क्षेत्रिय समितिलाइ नै बिघटन त कहिले अधिवेशन नै स्थगित गरे ।

(घ) अन्तराष्ट्रिय (International)

5- The army general who seized power in Myanmar in February has been excluded from an annual summit of regional leaders later this month.

The Association of South East Asian Nations (Asean) agreed to invite a non-political representative from Myanmar instead of Gen Min Aung Hlaing.

It is a unprecedented move for the 10-member bloc, which traditionally avoids interfering in its members’ affairs.

Myanmar’s military junta said it was “disappointed” with the decision.

Asean said the military had not done enough to end the turmoil in Myanmar.

Leave a Reply